site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अष्ट्रेलियामा प्रेमिकाको हत्यापछि आत्महत्या गरे नेपाली युवाले 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपालीले बेलायती प्रेमिकाको हत्या गरेपछि आफ्नो समेत ज्यान लिएको डेलीमेलले बताएको छ । शेफका रुपमा काम गरिरहेका ब्राजिल गुरुङका आफन्तलाई उनकी पूर्वप्रेमिकाले चिन्ताजनक म्यासेज पठाएको केही दिनमै उनको शव फेला परेको बताइएको छ । 

३३ वर्षीय ब्राजिल गुरुङले आत्महत्या गर्नुअघि तीन महिनादेखि सँगै बस्दै आएकी आफ्नी प्रेमिका एमिलिया ब्लेकको अपार्टमेन्टभित्रै हत्या गरेको अष्ट्रेलियन सञ्चार माध्यमले बताएका हुन् । उनको टाउकोमा थुप्रै गम्भीर चोटहरु फेला परेको बताइएको छ । उनका आफन्तलाई खबर गर्ने पूर्वीप्रेमिकासँग उनी गतवर्ष केही महिनाका लागि सँगै बसेको खुलासा भएको छ । गत बिहीबार ब्राजिल र ब्लेकको शव भेटिनुअघि तिनले ब्राजिलका आफन्तलाई म्यासेज गर्दै ब्राजिल भयानक अवस्थामा रहेको बताएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको भोलिपल्ट नै उनीहरुका घरमालिकले शव फेला पारी पुलिसलाई खबर गरेको बताइएको छ । ब्राजिलकी श्रीमतीसँग भने उनको १६ महिना अघि मात्रै बिछोड भएको बताइएको छ । थप अनुसन्धानका क्रममा ब्राजिलको मानसिक स्वास्थ्य नेपालमै रहँदादेखि ठीक नभएको र उनले उच्च मात्रामा लागू पदार्थ सेवन गर्ने गरेको पत्ता लागेको बताइएको छ ।

मागी विवाह गरेर पढ्नका लागि पत्नीसँग अष्ट्रेलिया पुगेका ब्राजिलले पढाइ जारी राख्न सकिरहेका थिएनन् भने अर्कोतर्फ परिवारको ऋण पनि दिनदिनै थपिँदै गइरहेको थियो । त्यसकारण आफ्नो तनावलाई कम गर्न उनले नियमित ड्रग्स लिने गरेको स्रोतले बताएको  छ । त्यसपछि रेस्टुरेन्टमा काम गर्दैगर्दा उनको पहिलोपटक ब्लेकसँग भेट भएको थियो । त्यस समय उनीहरुको सम्बन्ध राम्रो चलिरहेको थियो तर बिस्तारै ब्राजिलले ड्रग्सको लत छोड्न नसक्दा चिनेका सबै साथीहरुसँग पैसा माग्न थालेपछि सबैले उनीमाथि शंका गरेका थिए । 

Global Ime bank

उनीसँगै कामगर्नेले  बताएअनुसार ब्राजिल आर्थिक समस्याका कारण तनावको शिकार भएका थिए र उनी ड्रग्सतिर लागेको उनलाई पहिलै शंका लागेको थियो ।

अनुसन्धानका अनुसार ब्लेकले अष्ट्रेलिया छोड्ने तयारी गरिरहेकी थिइन् जसकारण उच्च डोजमा कोकिन लिने गरेका ब्राजिलले उनलाई रोक्न त्यस्तो हर्कत गरेको पुलिसले अनुमान गरेका छन् । तर यस घटना सम्बन्धी पुलिसले अझै अनुसन्धान गरिरहेको बताएको छ । उता २२ वर्षीया एमिलियाका परिवारले भने यस घटनाप्रति विश्वास नै गर्न नसकेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC