देश
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा मुख्य योजनाकार समिरमानसिँह बस्नेतसहित नौ जनालाई जेल चलान गरिएको छ। ९ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले आदेश सुनाएको हो।
राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङलाई जेल चलान गरिएको हो।
केन्द्रिय अनुसन्धान व्यूरोले सोमवार रातिमात्र फरार अभियुक्त श्याम लामा गुम्वेलाई पक्राउ गरेको छ। गौचनको घटना जोडिएका दुई जनालाई धरौटीमा छुटेका छन्।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४ १६:२२
प्रतिक्रिया दिनुहोस्