देश
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ ।
रु ३० लाखको लागतमा निर्माण हुने उक्त केन्द्रको आज प्रदेशसभा सदस्य कृष्णा केसीले शिलान्यास गर्नुभयो ।
भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाले तत्काल रु १५ लाख बजेट विनियोजन गरिएकोे छ । बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय ओभरी अगाडि सो भवन निर्माण हुन लागेको हो । रासस
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४ ०१:२९
प्रतिक्रिया दिनुहोस्