site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

डोटी । नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् । 

डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो । 

समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझ भई आवश्यक मर्मत गरेर मात्रै उडान भर्ने जनाइएको छ । उता घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ । उनलाई मुडभाराबाट तत्कालै सडक मार्गबाट काठमाडौँ लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC