site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रतिभा र मानबहादुर  वर्षका उत्कृष्ट भलिबल खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्यु डाइमन्ड एकेडेमीकी प्रतिभा माली र त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ वर्षको उत्कृष्ट भलिबल खेलाडी बनेका छन् । नेपाल भलिबल संघले पहिलो पटक प्रदान गरेको वर्ष उत्कृष्ट खेलाडीमा प्रतिभा महिला र मान पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् ।

राजधानीमा सोमबार आयोजित प्रथम एनभीए सिटि ट्रावल एण्ड टुर अवार्ड कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिबलमा प्रतिभा र मान बहादुरलाई उत्कृष्ट घोषित गर्दै पुरष्कृत गरिएको थियो । वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिभा र मान बहादुरले समान २५ – २५ हजार प्राप्त गरे । प्रतिभालाई शेरवहादुर खड्का स्मृति प्रतिष्ठान र मान बहादुरलाई  सामाखुसी बोडिङ(सेब)ले नगद पुरस्कारमा प्रयोजन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ सशत्र प्रहरीको एपीएफ क्लब बर्ष टिम घोषित भए । उत्कृष्ट  पुरुष र महिला टिमले समान ५० – ५० हजार प्राप्त गरेको छ । वर्ष उत्कृष्ट प्रशिक्षको उपाधि पुरुषतर्फ जगदिस भट्ट र महिलातर्फ एपीएफका ज्ञानेन्द्र बिष्टले जिते । दुवैले समान २५ – २५ हजार प्राप्त गरे ।  महिलातर्फको प्रशिक्षकलाई न्यूटन हाईस्कुलका प्रिन्सिपल रामवहादुर केसी र  पुरुषतर्फ जनप्रेमी कलेजका निलेश आचार्यले पुरस्कार रकम प्रयोजन गरेका थिए ।

नेपाल पुलिस क्लबका विशाल बिक पुरुषतर्फ र पुलिसकै कामना बिष्ट उदयमान खेलाडी घोषित भए  । विशाललाई रोयल हिमचुली इन्टरनेसनलका किरण घायल  र कामनालाई ढोरपाटन स्पोर्ट्स क्लबकी छलकुमारी छन्त्यालले समान १५ – १५ हजार नगद पुरस्कार प्रयोजन गरेका थिए ।

Global Ime bank

यस्तै नेपाल भलिबल संघले माल्दिभ्समा सपन्न भएको एभीसी एशियन सेन्टर जोनमा पदक विजेता पुरुष टिमलाई  ३ लाख नगदले सम्मानित गरेको छ । संघले टोलीका प्रत्येक सदस्यलाई समान २० – २० हजारको दरले सम्मानित गरेको हो । त्यस्तै कार्यक्रममा संघले नेपाली भलिबलको बिकासमा योगदान दिने बिभिन्न संघ तथ् सस्थाहरुलाई कदरपत्रले सम्मानित गरेको थियो ।

सम्मानित खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्यसचिब केशब कुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, प्रायोजक सिटि ट्रावल एण्ड टुर प्रालीका निर्देशक पुर्व भलिबल खेलाडी शिरवहादुर तामाङ लगायतले सम्मानित गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC