site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

इलाम । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रदेश तहमा पनि स्वतन्त्र सूचना आयोग गठन हुनुपर्ने बताएका छन् । 

सदरमुकाममा सञ्चारकर्मीसँग कुरा गर्दै बाँस्कोटाले सङ्घीय संरचनामा गएका अन्य मुलुकमा प्रादेशिक तहको सूचना आयोगको व्यवस्था भएकाले हाम्रो पनि मुलुक सङ्घीय संरचना गएपछि आयोग गठन हुनुपर्ने विचार व्यक्त गरे। 

Agni Group

बाँस्कोटाले सरकारी निकायले आफ्नो कागजातमा अहिले पनि ‘गोप्य’ र ‘अतिगोप्य’ भनेर छाप लगाउनु गैरकानुनी भएको बताउँदै सबै सरकारी कर्मचारीलाई गोपनीयताको शपथ गराउन आवश्यक नरहेको धारणा व्यक्त गरे । “गोपनीयताको शपथ लिएपछि सूचना लुकाउने पद्धतिको विकास भएकाले सबैलाई शपथ गराउन पर्दैन”, उनले भने । 

उनले जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारीलाई आफूसँग भएको सूचना उपलब्ध गराउन निर्देशन दिए । निमित्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि छबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC