site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङका ६७ सीमा स्तम्भ मर्मत सुरू
Sarbottam CementSarbottam Cement

दाङ  । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङ जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि मर्मतको काम सुरु भएको छ । 

नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो ।

लामो समयदेखि मर्मत नहुँदा इटा र सिमेन्टले बनाइएका सीमास्तम्भ भत्किन पुगेको भन्दै प्रमुख नापी अधिकृत बलराम पोख्रेलले नेपाल र भारतको संयुक्त टिमले सीमास्तम्भ मर्मतको कार्य अगाडि बढाएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जोडा नम्बर भएका सीमास्तम्भको मर्मत भारत र बिजोडा नम्बर भएका सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फबाट हुने पोख्रेलले बताए ।

पूर्वमा कपिलबस्तु र पश्चिममा बाँकेको सीमानासम्म दाङमा ७७ वटा सीमास्तम्भ रहेको भन्दै उनले ६७ वटा सीमास्तम्भ जीर्ण अवस्थामा रहेको जानकारी गराए । 
उनका अनुसार जीर्ण सीमास्तम्भमध्ये ६०१ नम्बरको सीमास्तम्भ पूर्ण निर्माण गर्नुपर्ने छ । यो सँगै अर्को स्तम्भ खोलाले बगाएको विवरण नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयसँग छ ।

Global Ime bank

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैँका लागि सुल्झाउन आगामी ५ वर्ष्भित्र दुई देशको सिमामा सम्पूर्ण सीमा स्तम्भू निर्माण गरिसक्ने भएको छ । नेपाल भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् ।

यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ ।  नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ । 

अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी रहेको नापी विभागले जनाएको छ ।

फाइल तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC