site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बुटवल (रासस) । रुपन्देहीको देवदह नगरपालिका–३ खैरेनीका फर्निचर व्यवसायी ४३ वर्षीय ‘बलु’ भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरु बलुको हत्या योजनाकार मनोज पुनका सहयोगी रहेको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सुनसरी डुमरहा–५ का ‘महेन्द्र’ भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका मुख्य योजनाकार पुन र सुटर विवेक (थर नखुलेका) फरार छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र रुपन्देही प्रहरीको संयुक्त टोलीले बलुको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये पदम हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने अभियुक्त हुन् भने महेन्द्र वैकल्पिक ‘सुटर’ र पदमका सहयोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ परेका पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने काम गरेको र त्यसबापत उनीहरुले हुण्डीबाट रु दुई लाख लाख ३० हजार रुपैयाँ लिएको समेत खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

बलुको हत्यामा रु तीन लाख ३० हजार लिने गरी सहमति भए पनि रु एक लाख भने अभियुक्तले लिन बाँकी रहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै अभियुक्त विगतमा विभिन्न अपराधमा जेल सजाय भुक्तान गरी रिहा भएका आपराधिक पृष्ठभूमिकै रहेको समेत प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रहरीले उनीहरुको साथबाट नक्कली नम्बर लु ४ प १४ नं राखेर चलाएको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद रु ९९ हजारबरामद गरेको छ । पौडेलको गत २१ पुसमा गोली हानी हत्या गरिएको थियो । 

पत्रकार सम्मेलनमा प्रहरीले गतवर्ष हत्या गरिएका देवदहकै इँटा व्यवसायी तथा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र बलुको हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलासा गरेको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते हत्या भएको थियो भने उहाँका साथी एवं फर्निचर व्यवसायी बलुको गत पुस २१ गते हत्या भएको थियो । बलु हत्या घटनाका मुख्य सुटर थर र वतन नखुलेका विवेक भन्ने व्यक्ति रहेको र उनी हत्याको घटनाका मुख्य योजनाकार मनोज पुनको निकट व्यक्ति भएको समेत प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा पक्राउ परेका अभियुक्तबाट बरामद गरिएका हतियारमध्ये ९ एमएमको इटालियन पेस्तोल तिवारी र पौडेल दुवैको हत्यामा प्रयोग भएको देखिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

बलु हत्यापश्चात फरार अभियुक्तले हतियार घटनास्थलदेखि केही दक्षिणतर्फ खोलामा लुकाएको र अभियुक्त पदम सोही दिन राति आएर हतियार लगेर आफ्नै घर पछाडि गाडेको अवस्थामा बरामद गरिएको समेत प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC