site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समिति’ ले रानीपोखरी पुनर्निर्माणको प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनले युनेस्कोजस्ता सम्पदा क्षेत्रमा सरोकार राख्ने अन्तर्राष्ट्रिय युनेस्कोजस्ता संस्थाले ‘अवरोध सिर्जना गर्ने गरेको’ बताएको छ ।  “प्राचिन शैली र स्वरुपको निरन्तरतालाई कायम राख्नुपर्छ भन्ने उद्देश्यले युनेस्कोजस्तो अन्तर्राष्ट्रिय संस्थाको गठन भएको र यसका मान्यताहरुलाई अनुशरण गर्दा विशेष परिस्थितिमा विकासोन्मुख राष्ट्रहरुमा आधुनिक शैलीको निर्माण कि रेट्रोफिटिङ गर्ने भन्ने सिद्धान्त रहेकाले विश्वसम्पदा क्षेत्र खतराको सूचीमा पर्ने गरेको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ । रानीपोखरीलाई प्रताप मल्लकालीन शैली र स्वरुपमा पुनर्निर्माण गर्नुपर्ने अडान राखेपछि उपमेयर हरिप्रभा खड्गीसहित स्थानीय, सम्पदाप्रेमी र सम्पदाविदले रानीपोखरी पुनर्निर्माण स्थलमा ताला लगाएका थिए । 
“पोखरीको मौलिक स्वरुप र संवेदनशीलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्न,” प्रतिवेदनको निष्कर्ष छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC