site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर । नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । 

भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीले बताए । नेपालबाट हराएका मूर्तिहरुको पहिचान गर्ने, विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल गर्ने उद्देश्यले मूर्तिको तस्बिर प्रदर्शनी गरिएको बताउँदै उनले प्रदर्शनीको अवलोकन गरेर मूर्ति कुन ठाउँको हो पहिचान गरिदिन सबैलाई आग्रह गरेका छन् । 

निर्देशक पुरीले भने, “नेपालका बहुमूल्य कलामा आधारित पुरातात्विक सामग्री मूर्ति, हस्तलिखितग्रन्थ चोरी भएर विदेशी संग्रहालयमा पुगेका छन्, त्यसमध्ये डेनमार्कको संग्रहालयमा रहेका नेपालका मूर्तिको तस्बिरको प्रदर्शनी गरेका छौँ, यी मूर्तिहरु कुन मन्दिर र कुन ठाउँको हो, पहिचान भए, हामी ती मूर्तिहरु डेनमार्कबाट फर्काउने छौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका विभिन्न मन्दिरमा पूजा गरिएका मूर्तिहरु अहिले विदेशी संग्रहालयमा रहेको बताउँदै उनले नेपालले अनुमोदन गरेको युनेस्को महासन्धिका आधारमा विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु हाम्रो देशको भएको प्रमाण पेश गर्न सके नेपाल फिर्ता ल्याउन सकिने बताए । 

डेनमार्कका विद्यावारिध गरेका विद्यार्थी उल्रिक जोह्सिनले आफ्नो शोधपत्रको सिलसिलामा डेनमार्कको मोइसगार्ड संग्रहालयबाट लिइएको नेपाल र नेपालसँग सम्बन्धित मूर्तिको तस्बिर प्रदर्शनीका लागि राखिएको हो । 

Global Ime bank

पुरीले भने, “तस्बिरमा रहेका मूर्तिहरु डेनमार्कको संग्रहालयमा छन्, नेपालबाट चोरीएर गएका हुन् भन्ने प्रमाणको खोजीमा हामी छौँ, यदि यी फोटोहरुको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न सकियो र मूर्तिहरुको पहिचान गर्न सके, हामी ती मूर्तिलाई फर्काउन सक्छौँ ।” 

प्रदर्शनीमा नेपालको १७ औँ शताब्दीदेखि १९ औं शताब्दीसम्मका भैरवको बहुकलात्मक मूर्ति, १७ औँ शताब्दीको पित्तलको सिंह, १९ औँ शताब्दीको अर्को भैरव, श्रीकृष्ण, विष्णु, मञ्जुश्री, सिलाकु, फुर्वा, १८ औँ शताब्दीको मञ्जुश्री, हरियो तारा, दियो, तोरण, काठको बाकस, १७ औँ शताब्दीको भैरव, २० औँ शताब्दीको कलात्मक मादल, कागजमा बनाएको कलात्मक चित्र, कागजको झण्डालगायतको तस्बिर प्रदर्शनीमा राखिएको छ । 

नेपालबाट हराएका र नेपाल फिर्ता ल्याएका मूर्ति एवं कलात्मक वस्तुको प्रतिमूर्ति निर्माण गरेर संग्रहित गर्नका लागि फाउण्डेसनले पनौतीमा निर्माण गर्न लागेको ढुङ्गाका मूर्ति संग्रहालय मा राखिने भएको छ । 

नेपालबाट चोरी भएर पाश्चात्य मुलुक पुगेका हिन्दू र बौद्ध धर्म सम्बन्धित ५० बहुमूल्य मूर्तिहरुको प्रतिमूर्ति प्रदर्शनीबाट यो संग्राहलय शुरु गर्ने उद्देश्य रहेको बताउँदै पुरीले भन्नुभयो, “त्यसका लागि सन् २०१८ भित्र ती प्रतिमूर्तिको तयार हुनेछन, हालसम्म २६ वटा मूर्तिहरु तयार भइसकेका छन्, तयार भएका प्रतिमूर्ति हेरिटेज ग्यालरीमै प्रदर्शनीमा राखिएको छ । आगामी २०१९ मा यो संग्राहलयको भवन शिलान्यास गरिने योजना छ ।” 

सन् २०१३ मा आफूहरुको पहलमा १२ औँ शताब्दीका हस्तलिखित ग्रन्थका गाताहरु फर्काएका सफल भएको स्मरण गर्दै उनले हामी सबै लागेमा चोरी भएर विदेश पुगेका मूर्तिहरु फर्काउन सकिने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC