site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘छोरीहरू आँट र साहसका प्रतीक हुन्’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘रिल’लाइफकी हिम्मतिली रेखा थापा यतिबेला तराई–मधेसमा व्यस्त छन् । 

चलचित्रका माध्यमबाट समाजमा सचेतना फैलाउने र समानताको आवाज मुखरित गर्ने बहुआयामिक कलाकार थापा ‘छात्रा–सचेतना’का लागि मैदानमै खडा भएकी हुन् ।
बालविवाह र ‘दाइजो’बाट प्रताडित बन्न पुगेका तराई–मधेसका छोरीहरूमा आँट, साहस र भरोसा जगाउन उनी आइतबार नवलपरासीको रामग्राम पुगिन् । र, त्यहाँ उपस्थित हजारौँ छोरी र छोराहरूलाई पनि मार्गनिर्देश गरिन्– छोरीहरू आँट र साहसका प्रतीक हुन्, तपाईंहरूले हिम्मत हार्नुहुन्न । बालविवाहविरुद्ध हामी सबै एक जुट हुनुपर्छ । बालिका– महिला हिंसा समाजका अधोगतिका कारक हुन् ।”

उपस्थित छोरीहरूले पनि हो मा हो मिलाए र “हामी सक्छौँ’ भन्ने वचनवद्धता व्यक्त गरे ।

Agni Group

छोरी स्वयम् साहसका विम्ब

पछिल्लो समय बालविवाहविरुद्ध सामाजिक अभियानमा सक्रिय छन् उनी । ‘छोरीको निम्ति स्वर्णीम नेपाल’ नाम दिइएको अभियान लिएर पाँचभन्दा बढी सहरमा पुगिसकेकी छन् । दशकौँदेखि सामाजिक समस्याका रूपमा रहेको बालविवाहको जरोमुलो नै फाल्ने उनको अठोट हो । 

Global Ime bank

“बाल विवाह छोरीहरूका लागि अभिशाप हो, यसले वरदानतुल्य नारीको जीवनलाई खरानी बनाइरहेछ, आधुनिक युगमा समेत छोरी, महिलाहरू पलपल मरेर बाँचिरहेका छन् । बाँचेर पनि बाँचेजस्तो बनिरहेको छैन उनीहरूको जीवन,” उनले बाह्रखरीसँग कुरा गर्दै पीडा पोखिन् ।

बालविवाह पहाडको पनि समस्या हो । अशिक्षा, अभाव र पुस्तैनी दुःखले जेलिएको समाजको रूढ मनोदशा हो– बालविवाह । 

तर, तराईमा झनै भयावह छ यो समस्या । उमेर नपुग्दै छोरीहरूको विवाह गरिदिने र विद्यालय जाने उमेरका किशोरीहरू पराइको घरद्वारा स्याहार्न बाध्य छन्, त्यहाँका छात्रा ।

“पर्दामार्फत यी कुसंस्कार फाल्न नसकेपछि सामाजिक अभियानमार्फत छोरी जगाउँदै हिँडेकी हुँ,” उनी प्रष्ट्याउँछिन् ।

त्यस्तै तराईको अर्को समस्या हो– ‘दाइजो’ प्रथा । भनेजति र भनेजस्तो दाइजो नपाए वैवाहिक सम्बन्ध तोडिने मात्रै होइन, पेट्रोल, मट्टितेल खन्याएर जिउँदै जलाइन्छन् । ‘हरर चलचित्रका कहानी’ जस्ता लागि अत्याचार त्यहाँका महिलाले भोगिरहेका छन् ।

“यिनै कुरालाई निरूत्साहित तुल्याउन र छात्रछात्राहरूलाई आफैँ जागरुक बनाउन मधेस आएको हुँ,” उनले थपिन् ।

‘छात्रा पनि सचेत बन्नुपर्छ’

पुरुषमात्रै सक्षम भए समाज विकलाङ्ग हुने रेखा थापाको निष्कर्ष छ । समाज सभ्य, सुसंस्कृत, परिस्कृत र जागरुक बन्न पुरुषसरह महिला र किशोरसरह किशोरी, युवासरह युवती र बालकसरह बालिका पनि अघि बढ्नुपर्छ भन्ने मान्यता छ उनको । तसर्थ समाजमा पिछडिएका छोरीहरूलाई माथि उकास्ने दायित्व छोराको काँधमा पनि भएको उनी बताउँछिन् ।

“मधेसका उपेक्षित, उत्पीडित छोरीहरूमा हिम्मत जगाउन छोराहरूले पनि भूमिका खेल्नुपर्छ,” उनको तर्क थियो, “यस्ता अभियानहरूले छोराहरूमा पनि सकारात्मक भावनाको विकास गराउँछ र बालिका–हिंसा दूर गर्न टेवा पुर्याउँछ ।”

“नवलपरासीमा थुपै छात्रहरू पनि उपस्थित थिए, छोरीहरूको अवस्थाबाट उनीहरू पनि चिन्तित भएको हामीले पायौँ । यसैगरी समाजमा सचेतनाको लहर पैदा हुन्छ,” उनले खुसी व्यक्त गरिन् ।

अभियन्ता कार्की भन्छन्– छोरीले ‘नाइँ’ भन्नुपर्छ 

समाजको सामाजिक–सांस्कृतिक मूल्य मान्यताले छोरीहरूलाई कुण्ठित तुल्याएको बताउँदै अभियन्ता नरबहादुर कार्कीले हाम्रो देश छोरीका लागि प्रतिकूल भएको दुःखेसो पोखे । त्यस्तै उनले अभियान बालविवाहविरुद्ध परिलक्षित भएकोसमेत प्रष्ट्याए ।

“यहाँको सामाजिक, सांकृतिक मुल्य मान्यता छोरी अनकूल छैन । सामाजिक हिसाबले नै छोरी पछाडि परिरहेका छन्, छोरीलाई अगाडि ल्याउनकै लागि अभियानको प्रारम्भ गरिएको हो,” प्रष्ट्याउँछन् उनी ।

उनले मुल्य मान्यताको नाममा छोरीले आफूलाई कुण्ठित तुल्याउने भन्दा पनि ‘नाइँ !’ भन्ने सक्नुपर्ने उनको तर्क छ । परम्परागत मुल्यमान्यता भत्काउन छोरी विद्रोहमा उत्रनुपर्ने बेला भइसकेको छ । आफ्नो स्वतन्त्रता उपभोग गर्नबाट छोरीहरू बञ्चित हुनुहुँदैन,” उनी भन्छन् ।

समाजमा छोरा गर्व र छोरी बोझको प्रतीक बनिरहेका बताउँदै अभियन्ता कार्कीले छात्राको अवस्था नसुधारी सामाजिक पुनर्संरचना हुनै नसक्ने ठोकुवा गरे । छोरीहरू पाइलापाइलामा सम्झौता गरेर बाँचिरहेको टीठलाग्दो उदाहरण पस्कँदै उनले भने, “सम्झौताहीन सङ्घर्ष नै छोरीहरूको आजको आवश्यकता हो ।”

छोरीका लागि स्वर्णीम नेपाल अभियान हालसम्म सुर्खेत, लम्जुङ, नेपालगञ्ज, नवलपरासीमा सम्पन्न भइसकेको छ । त्यस्तै सोमबार रुपन्देहीको मर्चवार क्षेत्रमा र मंगलबार कविलवस्तुको चन्द्रौटामा आयोजना गरिने कार्कीको भनाइ थियो ।

तस्बिर रेखा थापाको फेसबुक पेजबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC