देश
काठमाडौं । गएको पुष ५ गते रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न रहेको केही तथ्य भेटिएपछि उनीहरुलाई केही दिन अघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लानारायण पाण्डेले जानकारी दिएका छन् ।
“अनुसन्धानको शिलशिलामा केही मानिसलाई नियन्त्रणमा लिएका छौ, पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समुहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ, मुख्य नाईके फरार रहेकाले धेरै कुरा बाहिर आउन बाँकी छ,” पाण्डेले भने । प्रहरीले पक्राउ परेका तिनैजनाका नाम गोप्य राखि अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४ ११:५५
प्रतिक्रिया दिनुहोस्