site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङको बन्द खुल्यो, यस्ता छन् आन्दोलनका अन्य कार्यक्रम
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ । शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो ।

तर आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने वैठकले निर्णय गरेको छ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन र उक्त निर्वाचनका लागि निर्वाचन आयोगले बन्द कार्यक्रम नगर्न आग्रह गरेकाले बन्दको कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।

अबको आन्दोलन अन्तर्गत कालो झण्डा प्रदर्शन, डेलिगेशन, विरोधसभा, ज्ञापन पत्र बुझाउने, धर्ना कार्यक्रम, रिले अनशन एबं कानुनी उपचारका लागि सर्वोच्च अदालतसम्म जाने सम्मका आन्दोलनका कार्यक्रम तय गरिएको छ । 
जसअन्तर्गत आज आईतवार सम्पूर्ण जिल्लाबासीहरुले आआफ्नो निवासमा कालोझण्डा गाड्ने, सार्वजनिक स्थलहरुमा कालोझण्डा गाड्ने, घोराही, तुलसीपुर लमही र घोराहीमा कालोपट्टि बाँधेर विरोध जुलुस निकाल्ने कार्यक्रम तय भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC