site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वच्छ हावाका लागि हामीले के गरेका छौँ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको हावा सासै फेर्न नहुने गरी बिखालु भइसक्ता पनि सरकार र नागरिकहरुले कर्तव्य बोध गर्न नसकेको प्रति समाजका अग्रजहरुले ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा शनिवार आयोजित स्वच्छ हावाका लागि अग्रजहरुसँग संवाद कार्यक्रममा बोल्दै अग्रजहरुले काठमाडौंको हावा अहिले सासै फेर्न नहुने गरी बिखालु भइसकेकोमा चिन्ता गर्दै राज्य र नागरिकहरु दुवैले आफ्नो कर्तव्य पूरा नगरेकोमा ध्यानाकर्षण गराएका हुन् ।

पत्रकार तथा लेखक नारायण वाग्लेले राष्ट्रका स्वनामधन्य अग्रजहरुलाई उनीहरुको बेलाको काठमाडौंको हावा र अहिलेको हावाको तुलनात्मक अनुभवका आधारमा भविष्यका लागि मार्गदर्शन गर्न अनुरोध गर्दै संवादको आरम्भ गरेका थिए ।

Agni Group

साहित्यकार सत्यमोहन जोशीले काठमाडौंभित्र र बाहिरको स्वच्छ हावाको आफ्नो अनुभव सुनाउँदै रुख र मानिसको सन्तुलन बिग्रनु पनि हावा प्रदूषित हुनुको कारण रहेको बताए । 

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर  हिमालय शमशेर राणाले प्रदूषण नियन्त्रणका लागि भएका नियम कानुनको कार्यान्वयनमा राज्यको गैरजिम्मेवार र भ्रष्टाचारले हालत झन् बिगारेको बताए । कर्मचारीलाई चार सय रुपियाँ तिरे थोत्रा सवारी साधनका लागि पनि हरियो स्टिकर पाउने तर नयाँ गाडीका लागि प्रदूषणको परीक्षण गर्न झन्झट दिने गरिएको उदाहरण दिए ।

Global Ime bank

कार्यक्रमका अर्का वक्ता हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेले नागरिकहरु आफ्नो र सन्तानको स्वास्थ्यको पनि ख्याल नगरेको गुनासो गर्दै भने हावा सासै फेर्न नसक्ने भइसक्ता पनि चुप लागेर बसिरहने हामी कस्ता ? डा. पाण्डेले सल्लाह थियो अब त एक्सनमा जानैपर्छ ।

पूर्व प्रधान न्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोग पूर्व अध्यक्ष केदारनाथ उपाध्यायलाई सुरुमै पत्रकार वाग्लेले सोधे स्वच्छ हावामा सास फेर्ने नागरिकको मानव अधिकारमा पर्छ कि पर्दैन ? उपाध्यायले वाग्लेको प्रश्नको व्याख्यात्मक उत्तर दिँदै सास फेर्ने अधिकार बाँच्न पाउने मौलिक हककै अभिन्न अंग भएको स्पष्ट पारेका थिए ।

प्राध्यापक डा. वीरेन्द्र मिश्रले काठमाडौंको हावा बिखालु हुनुमा नागरिकहरुलाई पनि दोषी ठहर गर्दै भने वातावरण बिगार्नेमा हामी नागरिक पनि दोषी छौँ । विकासका क्रममा धर्तीको भारवहन क्षमताको ख्याल नराखिएको सन्दर्भ उप्काउँदै प्रा.डा मिश्रले भने सरकारले त केही गरेन रे हामीले पनि केही गर्नु पर्दैन ? हाम्रो पनि त कर्र्तव्य हो प्रदूषण नियन्त्रण गर्ने 

काठमाडौंका नागरिकहरुका तर्फबाट सञ्चालित स्वच्छ हावा अभियानले जनचेतना जगाउने र सरकारलाई धुवाँ र धुलो नियन्त्रणका लागि दबाब दिने उद्देश्यले गत एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC