site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रिकेटर नरेश र सुसनले विदेशी क्लबबाट खेल्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडीद्वय नरेश बुढाएर र सुसन भारीले विदेशी क्लबबाट खेल्ने मौका पाएका छन् । नरेशले क्यानाडाको ब्लुमफिल्ड क्रिकेट एकेडेमीबाट  र सुसनले इंग्ल्यान्डको फलमाउथ क्रिकेट क्लबमा खेल्ने छन् । नरेशलाई नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके तथा नेपाल क्रिकेट खेलाडी संघको पहलमा क्यानडाको ब्लुमफिल्ड क्रिकेट एकेडेमी, म्यापलवुड टोरोन्टो क्यानडाले खेल्ने मौका दिएको नेपाल क्रिकेट खेलाडी संघले जनाएको छ ।
नरेशले ब्लुमफिल्डमा करिब चार महिना खेल्नका साथै प्रशिक्षण गर्नेछन् । नरेश प्रशिक्षणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । नरेशको क्यानडा जाने हवाई भाडा र त्यहाँ रहँदाका सबै खर्च क्लबले नै बेहोर्ने नेपाल क्रिकेट खेलाडी संघले जनाएको छ ।
बायाँ हाते आर्म स्पिनर सुसनले नेपाल क्रिकेट खेलाडी संघको पहलमा फलमाउथ क्रिकेट क्लब कर्नवाल इंग्ल्याण्डमा प्रशिक्षणका लागि मौका पाएको हो । सुसनले करिव तीन महिना क्लबमा प्रशिक्षण र खेल्नेछन् । सुसन सेप्टेम्वरको अन्त्यबाट क्लवमा आवद्ध हुने छन्। सुसनको हवाई भाडा र त्यहाँ रहँदाका सबै खर्च पनि क्लबले नै बेहोर्ने नेपाल क्रिकेट खेलाडी संघले जनाएको छ ।
नरेश र सुसन अहिले नेपाली टोलीमा परेका छैनन् । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागी अर्को हप्ता इंग्ल्यान्डको भ्रमणमा जानेछन् । त्यसपछि नेपालले च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसंग उसैको मैदानमा साउन अन्तिममा खेल्ने छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC