site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

महोत्तरी । शीतलहर र बाक्लो हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । 

सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ । 

Agni Group

पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् । 

स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् । 
एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांग्रिँदै जीवन बिताउँदै आएको बताए । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे । 

Global Ime bank

लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC