site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भक्तपुर । हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्दै आज महानगरीय प्रहरीवृत्त जगातीमा घेराउ गरिएको छ । 

माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९ ताँथली बस्ने ५५ वर्षीय सीताराम सैंजुको भक्तपुर नगरपालिका– ९ ब्रह्मायणीमा मंगलबार राति भएको हत्यामा संलग्न मुख्य दोषी फरार रहेको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

Agni Group

प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा ओखलढुंगा सिस्नेरी– ८ घर भएकी ३० वर्षीया रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घर भई ब्रह्मायणी मन्दिरमा बस्दै आएका ७० वर्षीय रामबाबु लामालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

प्रहरीले मुख्य दोषीलाई उम्काउन खोजेर मानसिक सन्तुलन ठीक नभएको महिलालाई दोषी बनाएर अनुसन्धानबाटै पन्छिन खोजेको मृतकका आफन्तले आरोप लगाएका छन् । 

Global Ime bank

प्रहरीपरिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले मदिरा सेवन गरेको सैंजुले मदिरा सेवन गरेकै राईलाई अभद्र व्यवहार गर्न खोजे पनि इँटाले टाउँकोमा हान्दा सैंजुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। 

धर्नामा बसेका मृतकका भाइ दयाराम सैंजुले सुनियोजितरुपमा दाजुको हत्या भएको बताए। उनले भने, “शव हेर्दै थाहा हुन्छ, विभत्स हत्या भएको छ, टाउकाको पछाडिबाट अगाडिसम्म प्वाल परेको छ, इँटाले हानेको नभई कुनै रडले टाउँको प्वाल पार्नेगरी हानेको छ, जीउभरि निलडाम छ, तर प्रहरीले घटनाको अनुसन्धान फितलो बनाउन खोज्दै छ ।” 

आफन्तले घटनाको निष्पक्ष छानबिन नभए कडा आन्दोलन गर्ने बताएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC