site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

रत्ननगर।  ‘ल एक कप चिया पिउनूस्, पुस्तकालयलाई सहयोग गर्नूहोस्।’ चितवनको भरतपुरका अश्विन धितालले बिहीबार पटिहानीमा भएको एउटा महोत्सवमा दर्शकलाई आग्रह गर्दै थिए । उनलाई सञ्जीव ओझाले सघाई रहेका थिए । 

पटिहानीमा भएको खिचरा महोत्सवमा ‘तपाईंको एक कप चिया र कफी व्यवस्थित पुस्तकालयका लागि’ अभियान लिएर अहिले युवा सक्रिय छन् । 

मौसमअनुसार उनीहरुले फरक फरक कार्यक्रम गर्दै आएका छन् । “अहिले गाउँमा मेला महोत्सवमा एउटा कक्ष मागेर पुस्तकालयका लागि चियाकफी अभियान थालेको बताउँछन्”, अश्विन धिताल । 

Agni Group

योङ्ग नेपाल नामको संस्थामार्फत उनीहरुले यसरी अभियान चलाएका हुन् । उक्त महोत्सवमा चिया कफी बेचेर उनीहरुले झण्डै रु ३० हजार कमाए । “सबै पैसा पुस्तकालयका लागि खर्च गर्ने हो ”, चिया कफी अभियानका संयोजक सञ्जीव ओझा भन्छन्, “ भरतपुर–१३ मा हामी नमूना पुस्तकालय बनाउँदैछौँ ।” 

उनीहरुले यसअघि पनि विभिन्न कार्यक्रम गरेर पुस्तकालयका लागि आर्थिक जोहो पनि गरेका छन् । त्यो पैसाले भरतपुरमा सामान्य पुस्तकालय खोलिए पनि व्यवस्थित हुन सकेको छैन । अहिले यहाँ २०० भन्दा बढी पुस्तक आइपुगेका छन् । स्थानीय समाजसेवी रवीन्द्र वाग्लेले पनि रु ३५ हजार बराबरको पुस्तक सहयोग गरेका छन्। 

Global Ime bank

गाउँमा पठन संस्कृतिको विकास गर्ने लक्ष्य बोकेका उनीहरू पुस्तकालयबाट वृद्ध, युवा, बालबालिका सबैलाई ज्ञान प्राप्त हुने बताउँछन् । आर्थिक जोहोका लागि विभिन्न समयमा योग शिविर, साहित्यिक कार्यक्रम, दशैँ विशेष कार्यक्रम, स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम पनि संस्थामार्फत हुँदै आएको छ । 

त्यस्ता कार्यक्रममार्फत पनि केही आर्थिक संकलन हुने र सबै पुस्तकालयका लागि प्रयोग गरिने योङ्ग नेपालका अध्यक्ष विवेश पोखरेल बताउँछन् । 

यतिमात्रै होइन उनीहरुले गाउँमा रहेका युवालाई गाउँमै बस्नुपर्छ भनेर अभियानसमेत चलाएका छन् । विभिन्न सीपमूलक प्रशिक्षण कार्यक्रमसमेत शुरु गर्न लागिएको बताउँछन्, सचिव धिताल । 

सचिव धितालले एकपटक जापानका लागि कोशिष गरे तर सफल हुन भएनन् । त्यसपछि उनले अब नेपालमै केही गर्नुपर्छ भनेर राहदानी च्यातेर गाउँमै बसेर केही गर्ने सोच बनाए । सामान्य विद्युत्को काम गर्ने उनी अहिले यो अभियानमा लागेका छन् । 

भरतपुरका जगन्नाथ भण्डारी कुवेतमा १० वर्ष बसेर फर्किएपछि अब नेपालमै केही गर्नुपर्छ भनेर फेरी विदेश जाने सोच त्यागेका छन् । उनीहरुलगायत भरतपुरका युवा विवेक पोखरेल, सञ्जीव ओझा गोविन्द ढकाल पनि गाउँमा केही गरेर उदाहरणीय काम गर्ने सोचका साथ लागिपरेका छन् । 

भरतपुर महानगरलगायत विभिन्न संघसंस्थाले समेत सहयोगको वचन दिएका छन् । महानगरपालिकाकी प्रमुख रेनु दाहालले कक्षमै पुगेर चिया पिउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । एक वर्षअघि प्लम्बिङ तालीमको माग गर्दा संस्था चाहिने थाहा पाएपछि युवाले योङ्ग नेपाल नामको संस्था दर्ता गरेका थिए । अहिले सोही संस्थाले सामाजिक अभियान थालेको हो । 

पुस्तकालयका लागि च्याउखेती 

यसरी महोत्सव गरेर संकलन हुने रकम क्षणिक हुन्छ । त्यसैले दीर्घकालीन आर्थिक जोहोका लागि युवाले अहिले च्याउखेती शुरु गरेका छन् । तीन किलो च्याउ रोपेर त्यसबाट आएको आम्दानी पुस्तकालय तथा युवा सीप विकास र नेतृत्व विकासमा खर्च गर्ने योजना उनीहरुको छ । 

“च्याउको आम्दानीले पुस्तकालय तथा सामाजिक कामका सहयोग हुन्छ भने च्याउ खेती सिकेर युवालाई रोजगारी बनाउने पनि हाम्रो अभियान हो”, संस्थाका सचिव धितालले भन्छन् । सम्बद्ध युवा च्याउ खेती गर्नसमेत सिक्न थालेका छन् । 

स्थानीय सामाजिक अभियन्ता अपिल घिमिरे युवाको अभियान सराहनीय रहेको बताउँछन् । सरसफाइ अभियानसमेत उनीहरुले गर्दैछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC