site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गौशाला । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा विगत एक महिनादेखि जारी शीतलहरको बेला अतिगरिब परिवारका वृद्धा रामपरीको न्यानो ओढ्ने ओछ्याउने लुगाफाटाको अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।     

वृद्धा रामपरी देवी आफ्नै घरमा सुतिरहेका बेला बिहीबार अत्यधिक जाडो हुँदा पर्याप्त न्यानो ओढ्ने ओछ्याउने नपाएपछि कठ्यांग्रिएर ज्यान गुमाएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia


बाढी तथा शीतलहर पीडितलाई राहत वितरण 

यसैबीच, गत साउन महिनामा आएको भीषण बाढीबाट महोत्तरी जिल्लामा घरवारविहीन भएका दुई हजार ५१६ परिवारलाई रु २५ हजारका दरले राहत उपलब्ध गराइने भएको छ । 

Global Ime bank

बाढीले घरवारविहीन बनाएका बेला विगत एक महिनादेखि अविरल शीतलहरका कारण झन्झन् बढी प्रभावित बनाएका बाढीपीडितलाई नेपाल सरकारले रु २५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका २,५१६ बाढीपीडित परिवारलाई नेपाल सरकारले शीतलहर पीडितको पहिलो सूचीमा राखेर उनीहरुका लागि प्रतिपरिवार रु २५ हजारका दरले राहत पठाएको बताए । 

उनले ती राहतमध्ये बाढी तथा शीतलहर पीडित परिवारले रु १० हजार न्यानो कार्यक्रमबाट र रु १५ हजार घर मर्मतका लागि गरी जम्मा रु २५ हजार तुरुन्त पाउने भएको बताए । 

प्रजिअ श्रेष्ठले ती सबै रकम पीडितले आ–आफ्ना स्थानीय तह (गाउँ÷नगरपालिका) बाट पाउने समेत बताए । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले ती सबै रकम महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहमा पठाउने तयारी गरिरहेको बताए । 

महोत्तरीमा बाढी तथा शीतलहर पीडित २,५१६ परिवारका लागि नेपाल सरकारले जम्मा रु छ करोड ९० लाख पठाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC