site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नुवाकोट । प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । 

यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नंं प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन् । जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङका अनुसार ३ नं प्रदेशबाट प्रत्यक्षमा निर्वाचित ६६ जना र समानुपातितर्फबाट सिफारिस भएका ४४ जना गरी १०० जना प्रदेश सांसदलाई दुई जिल्लाको भ्रमण गराउँदै सम्मान तथा बधाई दिन लागिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

३ नंं प्रदेशअन्तर्गत १३ जिल्लाका १०० जना सांसद काठमाडौँमा भेला भएर माघ ७ गते बिहान टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोट आइपुग्ने कार्यक्रम तय भएको छ । माघ ७ गते नुवाकोट आइपुग्ने सांसद माघ ९ गते बिहानसम्मको बसाइमा जिसस नुवाकोट र रसुवाको सम्मान स्वीकार गर्ने र रसुवागढी नाकासम्मको भ्रमण गर्ने कार्यक्रम मिलाइएको छ । 

यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिकालगायतका स्थानीयतहको स्वागत, सम्मान र बधाई स्वीकार गर्ने, नुवाकोटमा रहेका ऐतिहासिक धार्मिक एवं पुरातात्विक सम्पदाको भ्रमण अवलोकन गर्ने, नुवाकोटको वस्तुस्थितिको वृत्तचित्रमार्फत जानकारी लिने कार्यक्रमसमेत तय भएको जिल्ला समन्वय अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए । 

Global Ime bank

३ नं प्रदेशको राजधानी नुवाकोट माग गर्दै आएका यहाँका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाजलगायतका अभियन्ताले प्रदेश सांसदको जिल्ला आगमनको समयमा आफ्नो मागको सम्बन्धमा ध्यानाकर्षण गराउने अवसरका रुपमा समेत प्रयोग गर्ने तयारी गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC