site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्व डीआईजी सिलवालले भने– नौटंकी प्रदर्शनको डटेर सामना गर्न तयार छु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्य सम्पादन मुल्यांकन किर्ते अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीको खोजी सूचीमा रहेका पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले डटेर सामना गर्ने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बिहानै उनले सामाजिक सञ्जालमा ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका थिए ।

प्रहरीले उनलाई खोज्न सातवटै प्रदेशमा पत्राचार गरेको र उनलाई विदेश भगाउन प्रहरीले नै खोजी गरेको समाचार सार्वजनिक भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा प्रहरी प्रधान कार्यालय नक्सालले सातैवटा प्रदेश प्रहरीलाई सिलवालको खोजी गर्न भन्दै पत्राचार गरेको थियो ।

सिलवालले ट्वीट गर्दै भनेका छन्– म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ । सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।” 

Global Ime bank

म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l

— Nawa Raj Silwal (@Nawasilwal) January 19, 2018

 

सिलवालले प्रहरी नेतृत्वलाई चुनौती दिँदै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार मुद्दा चलाउने काठमाडौं प्रहरीकै अधिकारीको मिलोमतोमा सिलवाल स्थलमार्ग हुँदै मुलुक बाहिर पुगेका हुन् ।

मलेसियामा रहेको भनिएका सिलवाल परिवारका साथ अमेरिका पुगेको बताइएको छ ।

तर उनी भारत हुँदै त्यसतर्फ गएको प्रहरी अनुमान छ । नयाँ सरकार बनेपछि मात्रै सिलवाल नेपाल आउने र त्यसपछि आफूलाई अनुसन्धानमा सहज हुने भन्दै बाहिर बसेको हुन सक्ने प्रहरी स्रोतको दाबी छ ।

सर्वोच्च अदालतले सिलवालले सर्वोच्चमा बुझाएको कार्यसम्पादन मुल्यांकन किर्ते भएको ठहर गर्दै कसले गरेको हो भन्ने बारेमा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न भनेको थियो । सोहीअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC