site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर (रासस)।  महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई आज सार्वजनिक गरेको छ ।

सार्वजनिक हुनेमा हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ओखलढुङ्गा घर भएकी रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घरभई ब्रम्हायणी मन्दिरमा विगत आठ वर्षदेखि बस्दै आएका ७० वर्षीय रामबाबु लामा रहेका छन् ।  माटो व्यावसायी चाँगुनारायण नगरपालिका–९ ताथलीका सिताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा बुधबार बिहान घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । 
प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार ताथलीको माटो खानी सञ्चालक सैजु मंगलबार राति १०:३० बजे ब्रम्हायणी मन्दिरमा गएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जात्रा हेर्न गएका सैजू मन्दिर पुगेपछि लामासँग बसेर कुरा गर्दै गर्दा राई पनि राति करिब ११ बजे आइपुगिन् । मदिरा पिएका तीनजना सँगै बसेर कुरा गर्दै गर्दा सैंजूले राईलाई जिस्क्याउँदै जवर्जस्ती गर्न खोजे । राईले रिसाउँदै इँटाले सैँजुको टाउँकोमा हान्दा ढलेको र उनलाई छाडेर राई हिडेपछि लामाले सैजुलाई पानी खुवाएर आफू पनि सुते । 

बिहान ५ बजे मात्रै सैजू मृत भेटिए । मदिराले मातिएका तीनजनाले ख्याल ख्याल गरेकै भरमा ज्यान गएको छ । घाईते भए लगत्तै अस्पताल लैजान सकेको भए सैजूको ज्यान बाच्न सक्ने प्रहरीको निष्कर्ष छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC