site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भित्र केपी ओलीको स्वागत, बाहिर रुवाबासी
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो समय भीडभाड बढेको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले आवतजावत गर्ने त मनग्ये हुने नै भए । तर बिहीबारको दृष्य अलि फरक थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंककबाट नियमित स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्किंदै थिए । त्यसो त अध्यक्ष ओली भावी प्रधानमन्त्रीका रूपमा हेरिएका पात्रसमेत हुन् । नेपालको राजनीतिमा अतिरिक्त घटना भएन भने उनी प्रधानमन्त्री नियुक्त हुनेछन्, एक महिनाभित्रै । त्यसैले उनको स्वागतार्थ एमालेका जनसंगठनदेखि कार्यवाहक अध्यक्ष वामदेव गौतमसम्म विमानस्थल पुगेका थिए । भरिभराऊ थियो विमानस्थलको आगमन कक्ष ।

त्यो भीडभन्दा केही पर एउटी महिला बडो विक्षिप्त थिइन् । क्षणमै मुर्छा परेझैँ हुन्थिन् र केही बेरमा बौरिएर “काका !” भन्दै भक्कानिन्थिन् । उनको अघिल्तिर रातो बाकस (शव राखेको कफिन) थियो । कफिन लान हतार गरिरहेको भ्यान ।

Prabhu Bank
Agni Group
NIC Asia

धेरैबेर भक्कानिएपछि भतिजालाई हातले इशारा गरिन्, “अंकलको अन्तिम संस्कार राम्रोसँग गर है ! ” गाडीमा रहेका भतिजाले आश्वस्त पारे, “तपाईं सम्हालिनुहोस्, अकंलको चिन्ता लिनुपर्दैन । जे गर्नुपर्छ, सबै हामी गर्छौं ।”

यति भन्नेबित्तिकै भ्यान गुड्यो । उनले बाक्लो हत्केलाले आँसु पुछिन् र निःशब्द हुँदै बाटो लागिन् । त्यसको केहीबेरपछि अध्यक्ष ओली विमानस्थलमा अवतरित भए र सिधै विशिष्ट कक्षमा पत्रकारहरूसँग समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखे । अध्यक्ष ओलीलाई ती वेदना र वियोगान्त दृष्य थाहा हुने कुरै भएन ।
तर, उनको स्वागतार्थ फूल ओइलाएर बसेका नेताकार्यकर्ता र विमानस्थल वरपर पंक्तिवद्ध मानिसहरूको पनि ध्यान त्यता गएन । 

Global Ime bank

जाओस् पनि कसरी ? 

‘लास’ र ‘सास’हरूको आवतजावत विमानस्थलको दैनिकी हो । हरेक दिन सयौँको संख्यामा युवाहरू सपनाको पोकापन्तुरा बोकेर जहाजमा उठ्छन् । त्यस्तै सपनाको उडान भर्नेमध्ये सरदर दैनिक सात जना त्यसैगरी बाकसमा फर्कन्छन् ।

विमानस्थल यस्तो विद्रूप दृष्यको साक्षी बसेको वर्षौं भइसक्यो । 

बाकसको कथा
केपी ओली आउने निर्धारित समय थियो, १२ बजे । तर उनी १२ः४३ बजेमात्रै अवतरित हुने जानकारी पायौँ र हामी एकछिन टहलिन आगमन कक्षबाट केही पूर्वतिर बढेका थियौँ । आँखा पर्यो, कालो कपडाले घेरिएको कफिनमा ।

“कहाँबाट ल्याउनुभएको ?,” देख्नेबित्तिकै हामीले जिज्ञासा राख्यौँ । “यूकेबाट आएको !,” एकजना मंगोलिन अनुहारका आफन्तले प्रश्न भुइँमा झर्न नपाउँदै जवाफ फर्काइहाले ।
उनको अनुहारमा खासै पीडा झल्किएन । कालगतिले नै निधन भएको हुँदो हो, शायद । संक्षिप्त कुराकानीपश्चात उनीलगायत केही आफन्तले कफिन एम्बुलेन्समा राखेर गन्तव्यतिर हुइँकिए ।

पाँच मिनेट पनि व्यतीत भएको थिएन, अर्को कफिन आइहाल्यो । कफिन थियो नवलपरासी, मध्यविन्दु नगरपालिका–८ स्थायी वतन भएका वर्ष ४० का मानसिंह कुमालको । रोजगारीका लागि ४ वर्षअघि कतार पुगेका उनको दुर्घटनामा निधन भएको उनका भतिज अजय कुमालले जानकारी दिए । 

“गाडी बनाउने कारखानामा काम गर्नुहुन्थ्यो,” भतिजा कुमालले बाह्रखरीसँग पीडा पोखे, “काम गर्दागदैै अर्को गाडीले ठक्कर दिएछ, निधन भइहाल्यो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC