site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा ठगीको डरलाग्दो ग्राफ, हजारदेखि करोडसम्म ठगीका उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अवसर भनौं वा कि बाध्यता, दैनिक करिब एक हजार नेपाली युवा वैदेशिक रोजगारीका लागि मुलुक छाडिरहेका छन् । मलेसिया, कतार, साउदी अरेबिया आदि मुलुकमा रोजगारीका लागि जान दैनिक सयौं युवा म्यानपावर कम्पनी धाइरहेका हुन्छन् । 

वैदेशिक रोजगारी आफैंमा सहज छैन । त्यसमाथि नेपाली युवाहरू विभिन्न प्रलोभनमा ठगिइरहेका छन्, विदेशमा र स्वदेशमै पनि । पछिल्लो झण्डै एक दशकको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीका नाममा ठगिने युवाको संख्या निकै ठूलो छ । वैदेशिक रोजगार विभागमा परेको उजुरी केलाउने हो भने ठगीको भयावह स्थिति छर्लङ्ग हुन्छ । 

वैदेशिक रोजगार विभागमा हरेक दिनजसो अलपत्र पारिएको, दुःख पाएको, ठगिएको आदि विभिन्न शीर्षकमा उजुरीहरु पर्ने गरेका छन् । यसरी आएका उजुरीमध्ये पनि व्यक्तिगत तथा संस्थागततर्फका मुद्दाका प्रकृति फरक रहेको विभागले जनाएको छ । “संस्थागत भन्दा व्यक्तिगततर्फका उजुरी जटिल छन्,” विभागका प्रवक्ता मोहन अधिकारीले बाह्रखरीसँग भने, “संस्थागतमा पैसा लिएर विदेश नपठाएको भन्ने कम छ बरु भनेअनुसारको काम, तलब र सुविधा नपाएको, कम्पनीको काममा भनेर सप्लाइ वा कन्ट्रयाक्टको कम्पनीमार्फत काममा लगाएको, विदेशमा समस्या हुँदा पनि स्वदेश फर्काउन म्यानपावरले पहल नगरेको आदि मुद्दा धेरै छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगतमा भने विदेश पठाउँछु भनी पैसा उठाएर भागेको, नक्कली परिचयपत्र बनाई झुक्याएको, यूरोप, अमेरिकाजस्ता देशमा लैजान्छु भनी एकै व्यक्तिबाट २०–२५ लाख रुपैयाँसम्म ठगेको, पैसा ठग्ने मान्छे भागेको, विदेश पनि नलगेको, पैसा फिर्ता पनि नगरेको, आफन्त बनेर फसाएको जस्ता उजुरी धेरै छन् । 

विभागले दिएको जानकारी र केही पीडितको गुनासो अनुसार अमेरीका, अष्ट्रेलीया, जर्मनी, कोरियालगायत मुलुकमा लैजाने भन्दै विभिन्न व्यक्तिसँग गरी एकै व्यक्तिले करोडभन्दा धेरै ठगेर भागेका उजुरी जटिल किसिमका छन् । त्यसरी ठग्ने कतिपय व्यक्ति सम्पर्कमै नरहेको र कतिपय चाहिँ पुर्पक्षका लागि थुनामा रहेकोले पीडितहरुले आफूले बुझाएको रकम फिर्ता पाउन सकिरहेका छैनन् । त्यस्तै संस्थागततर्फ पनि हजारदेखि लिएर करोडसम्मकै रकमको उजुरी परेका छन् । विभागका अनुसार एउटै कम्पनीले एकैपटकमा ३ सय ७१ जनालाई नक्कली भिसा दिएर ठगी गरेको उजुरीसमेत परेको छ । 

Global Ime bank

के गर्दैछ विभाग ?
 

विभागले आउने उजुरीलाई त्यसको अनुसन्धानका आधारमा उद्धार, राहत तथा विगो भराउने वा क्षतिपूर्ति दिलाउने काम गर्छ । यस आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै व्यक्तिगततर्फ ४५१ उजुरीमा २६ करोड ५४ लाख ११ हजार ९१ रुपैयाँ मागदाबी गरिएकोमा जम्मा ६ करोड ६० लाख ७५ हजार २ सय ४२ रुपैयाँ र संस्थागततर्फ ३८ करोड १३ लाख ४० हजार २४ रुपैयाँ मागदाबी गरिएकोमा ९ करोड २१ लाख ८१ हजार २ सय ४२ रुपैयाँ विगो भराइएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

उनका अनुसार यस अवधिमा व्यक्तिगतमा ८५ वटा जाहेरी फरफारक भएको छ भने १ सय १५ वटा मुद्दा अदालतमा दायर भएका छन् । त्यस्तै संस्थागतका ६ सय १२ वटा जाहेरी फरफारक भएका छन् भने ४२ लाख रुपैयाँ जरीवाना गरिएको छ । प्रवक्ता अधिकारीले भने, “यहाँ मिल्ने विषय हामी नै मिलाउँछौ, यहाँ नभएको मात्रै अदालत पठाउने हो ।”

विभागको अनुगमन, अनुसन्धान तथा उद्धार, राहत शाखाकी निर्देशक रमा भट्टराईले  पहिलेभन्दा अहिले राहत उद्धारको काम राम्रो भएको बताइन् । उनले भनिन्, “ठगिएकाहरुलाई अनुसन्धान तथा सोधपुछपछि हामीले मिलेसम्मको राहत तथा क्षतिपूर्ति भराएका छौ भने विदेशमा अलपत्र परेकाहरुका लाग पनि त्यहाँको दूतावाससँगको समन्वयमा काम भइरहेको छ ।” व्यक्तिमार्फत गएका र प्रमाण नराखेकाहरुको हकमा केही समस्या भएपनि अन्य पीडितलाई सहयोग गर्न ढिलाइ नगरेको उनको दाबी छ । उनले भनिन्, “साउदी अरबमा त्यहाँको नियमकानुनका कारण केही समस्या देखिएको छ । कतिपय मुद्दाहरुमा तर धेरैजसो देशमा द्ःख पाएका, अलपत्र परेका, काम नपाएका, तलब नपाएका, थोरै तलब पाएका, घर फर्कन खोजेर पनि नपाएका जस्ता उजुरीहरुमा हामीले यहाँका मेनपावर तथा एजेन्ट र त्यहाँका एजेन्ट तथा दूतावासमार्फत पहल गरेर सहयोग गरिरहेका छौ ।”

विदेश जानुअघि युवामा हुनुपर्ने आवश्यक सम्पूर्ण जानकारी नहुँदा पनि समस्या थपिँदै गएको उनको भनाइ छ । 

कहिले कति उजुरी ?
 

विभागका अनुसार आर्थिक वर्ष ०६५–६६ मा ८ सय ६५, ०६६–६७ मा ६ सय ५५, ०६७–६८ मा १२ सय ४ र ०६८–६९ मा २ हजार १ सय ७२ वटा उजुरी परेका छन् । 
त्यस्तै ०६९–७० मा २ हजार ३ सय ५, ०७०–७१ मा २ हजार ५ सय ५१, ०७१–७२ मा २ हजार ६ सय ७९, ०७२ –७३ मा १ हजार ४ सय ५५, ०७३–७४ मा २ हजार ३ सय ८३ र आव ०७४–७५ को पहिलो पाँच महिनामै ९ सय १५ उजुरी परेका छन्  । दैनिक ८–१० वटा उजुरी थपिइरहेको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । हालसम्म सबैभन्दा धेरै उजुरी आर्थिक वर्ष ०७१–७२ मा २ हजार ६ सय ७९ वटा परेको देखिन्छ । 

पहिले व्यक्तिगत र अहिले संस्थागत उजुरी धेरै

आर्थिक वर्ष ०६५–६६ मा संस्थागततर्फ ३ सय ५९ तथा व्यक्तिगतमा ५ सय ६ उजुरी परेकोमा आव ०६६–६७ मा संस्थागततर्फ ३ सय ३२ र व्यक्तिगततर्फ ३ सय २३ उजुरी परेको देखिन्छ । 

त्यस्तै आव ०६७–६८ मा संस्थागतमा ४ सय ८३ तथा व्यक्तिगतमा ७ सय २१ रहेको थियो । त्यस्तै आव ०६८–६९ मा ८ सय २ तथा व्यक्तिगतमा र १ हजार ३ सय ७० संस्थागत ठगीको उजुरी परेको देखिन्छ । ०६९–७० मा संस्थागतमा १ हजार ६० तथा व्यक्तिगत ठगीमा १ हजार २ सय ४५ उजुरी परेका  छन् । 

०७०–७१ मा भने ९ सय ७४ व्यक्तिगत उजुरी पर्दा १ हजार ५ सय ७७ संस्थागत उजुरी परेको देखिन्छ । त्यस्तै ०७१–७२ मा पनि संस्थागततर्फका उजुरी धेरै रहेको छ ।

यस आर्थिक वर्षमा संस्थागतर्फको उजुरी १ हजार ९ सय ६ रहेको छ जबकि व्यक्तिगतमा ७ सय ७३ उजुरी परेको छ । त्यस्तै ०७२–७३ मा संस्थागततर्फ १ हजार ४ सय ६८ उजुरी परेका छन् भने व्यक्तिगत ठगिका उजुरी ७ सय ४ रहेका छन् । आव ०७३–७४ मा पनि संस्थागततर्फका उजुरी धेरै छन् । यस आर्थिक वर्षमा संस्थागतर्फ १ हजार ४ सय ५२ र व्यक्तिगततर्फ ९ सय ३१ उजुरी परेका परेका छन् । यस्तै आर्थिक वर्ष ०७४–७५ को पहिलो ५ महिनाको उजुरी विवरण हेर्दा पनि संस्थागतमा ९ सय १५ र व्यक्तिगतमा ४ सय ५१ उजुरी रहेका छन् । यसरी उजुरी संख्याको प्रकृति हेर्दा आव ०६९–७० सम्म व्यक्तिगत र ०७०–७१ देखि संस्थागततर्फका उजुरी धेरै परेको देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC