site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।  

कञ्चनपुरको भीमदत्तनगरमा शपनबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए ।  

Agni Group

उनले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राखे । “शिक्षा राष्ट्रको पुँजी हो”, प्रधानमन्त्री देउवाले भने, “शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा लाग्न सबैसँग आग्रह गर्दछु ।” 

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।  

Global Ime bank

आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ क्याम्पसलाई समायोजन गरी विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा विकास गरेको पनि बताए ।  

सो अवसरमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताए । उनले आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघ÷संस्था, अनुसन्धानमूलक निकायसँगको सहकार्य पनि जरुरी रहेको औँल्याए ।  

विसं २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । शनिबार दीक्षान्तका लागि २८२ विद्यार्थी योग्य रहेपनि १२० दीक्षित भएका छन् । आज विज्ञान, व्यवस्थापन, मानविकीलगायत पाँच संकायका विद्यार्थी दीक्षित भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC