site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डा. गोविन्द केसीले तोडे अनशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान अनशन तोडेका हुन् । 

काठमाडौं जुत्ता सिलाउने काम गर्दै आएका सिराहा जिल्लाको लाहनका नथुनिया मोचीको हातबाट जुस पिएर डा.केसीले अनशन तोडेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

छैटौं दिनमा अनशन तोडेका उनले प्रधानन्यायाधीस गोपाल पराजुलीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । फागुन ८ गतेसम्म पराजुलीले राजीनामा नदिए पुन अनशन बस्ने उनले जानकारी दिए । 

न्यायलय भ्रष्ट भएको भन्दै उनले पराजुली प्रहरी हिरासतमा हुनु पर्नेमा आफूलाई कष्टडीमा लगिएको भन्दै आपत्ति जनाए । 

Global Ime bank

आफ्नो आन्दोलन शिक्षा र स्वास्थय क्षेत्रलाई माफियाबाट मुक्त पार्नका लागि रहेकोभन्दै उनले सबै क्षेत्रबाट सहयोग रहनेसमते विश्वास व्यक्त गरे । 

स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच बिहीबार सहमति भएको थियो । केसी र सरकारबीच सात दिनभित्र शिक्षा सेवा आयोगलाई पूर्णता दिने सहमति भएको छ । त्यस्तै जगदीशप्रसाद अग्रवाललाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन निरन्तरता दिने सहमति भएको छ ।

यस्तै बुँदा नम्बर ३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता ल्याउन र यसअघिका सम्झौताहरू कार्यान्ववयन गर्न यथाशीघ्र सिनेटको बैठक बोलाउने सहमति भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल सुधारका लागि भौतिक पूर्वाधारको सुधार, अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा सुविधान विस्तारका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार तयार भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC