site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ । नेपालमा कुनै पर्व, उत्सव वा शोकै पनि मनाउन पर्नेबित्तिकै सार्वजनिक बिदा दिने चलन छ । यसैले पुस २७ गते पनि सार्वजनिक बिदा दिइएको हुनुपर्छ । पहिले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाउने चलन थियो । नेपाल एकीकरणका नायक भएकाले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु स्वाभाविकै पनि हो । पछिल्लो जनआन्दोलनपछि पुस २७ गते मनाउन पनि छाडिएको थियो । पृथ्वीनारायण शाहका योगदानको अघोषित अवमूल्यन गरिएको थियो र उनलाई राष्ट्र एकीकरणकर्ता भन्दा महत्त्वाकांक्षी सामन्ती शासकका रूपमा चित्रण गर्न थालिएको थियो । तर, मूल्यांकन जसरी गरे पनि नेपाल राष्ट्रको अस्तित्वसँग सबैभन्दा बढी जोडिएको नाम भने पृथ्वीनारायण शाहकै हो ।

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको सूत्रधार मान्दा, नमान्दा वा पुनः मान्दा जनस्तरमा छलफल भने कहिल्यै भएन । पञ्चायत कालमा जसरी पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने घोषणा गरियो ठीक त्यसरी नै गणतान्त्रिक सरकारहरूले पनि पृथ्वी जयन्ती नमनाउने र मनाउने घोषणा गरिदिए । अर्थात्, शासकीय संस्कार अहिले पनि पञ्चायतको भन्दा फरक भएको रहेनछ । जेहोस्, नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरूप पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गरिएको हो भने त्यसलाई सही निर्णय मान्नुपर्छ । पृथ्वीनारायण शाहका आलोचकहरूले पनि कम्तीमा नेपाल एकीकरणमा उनको नेतृत्व रहेको त स्वीकार गर्नैपर्ने हो । उनले एकीकरण अभियानको नेतृत्व नगरेका भए बाइसीचौबिसी राज्यमा छरिएको नेपाल भारतमा साम्राज्य विस्तार गर्दैआएको बेलायतको हातबाट पक्कै जोगिने थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वभौम नेपाल राज्य र नेपाली भएकोमा गर्व गर्नेले पृथ्वीनाराण शाहको नेपाल एकीकरण अभियानलाई दुत्कार्दैन । तर, नेपाली राष्ट्रियताका हकमा भने पञ्चायतकालीन ‘राष्ट्रवाद‘ अब स्वीकार्य हुनसक्ने देखिँदैन । बहुलताको उल्लेख नगरे पनि नेपालको संविधान, २०७२ ले नेपालको धार्मिक, जातीय, भाषिक तथा भौगोलिक विविधतालाई स्वीकार गरेको छ । नेपाली समाजको बहुलवादी चरित्रलाई सबैभन्दा पहिले ठम्याउने र स्वीकार गर्ने भने सायद पृथ्वीनारायण शाह नै हुन् । उनले आजभन्दा करिब अढाइ शताब्दी पहिले नै नेपाललाई ‘चार वर्ण र छत्तीस जातको फूलवारी‘ भनेका थिए । यस कथनको मर्म नेपाल समाजमा विविधता छ तर सबै फूलबारीका फूलहरूजस्तै समान महत्त्वका छन् भन्ने स्वीकार गर्नु नै हो । नेपाली राष्ट्रियतालाई सुदृढ गर्ने हो भने पृथ्वीनारायण शाहका यी भनाइलाई आत्मसात् गरेर टोपीमा राष्ट्रियता देख्ने र पगरी वा गम्छालाई अराष्ट्रिय ठान्ने पञ्चायती मानसिकता त्याग्नु जरुरी छ । बीपी कोइरालाले भनेजस्तै राष्ट्रियता ढ्ंगामाटामा हैन जनतामा हुन्छ ।

नेपाली राष्ट्रियताप्रति सबै नेपालीले गौरव गर्ने वातावरण निर्माण गर्न राष्ट्रिय एकता दिवस सफल होस् !   

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC