site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुधबार सार्वजनिक बिदाको निर्णय भएको छैन : गृहमन्त्रालय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
 
काठमाडौँ। इस्लाम धर्मावलम्बीको पर्व ईद ईदुल्ल फित्रकाअवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
 
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । 
 
मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ । यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहमन्त्रालयले अनुरोध समेत गरेको छ । 
 
यसैबीच गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले रासससँग कुरा गर्दै ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिए । 
 
उनले ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पष्ट पार्नुभयो । उनले भने, “भोलि बुधबारनै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुन सक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौँ ।” रासस 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC