site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
भारतीय सहयोगमा केन्याबाट ७ नेपाली चेलीको उद्धार, परराष्ट्र मन्त्रालय भन्छ– बुझ्ने प्रयास हुँदैछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अफ्रिकी मुलुक केन्याबाट बेचिएका तीन भारतीयसहित ७ जना नेपाली चेलीको उद्धार भएको छ । उनीहरुलाई अहिले भारत ल्याइएको भारतीय विदेशमन्न्त्री सुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत जानकारी गराएकी छन्  । 

स्वराजको ट्वीटमा केन्याका लागि भारतका अधिकारी सुचित्रा दुराई, प्रथम सचिव करण यादव तथा केन्याका प्रहरीको पहलमा उनीहरुलाई उद्धार गरिएको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमन्त्री स्वराजले ट्वीटमा भनेकी छन्, “तिनीहरु चेलीबेटी बेचबिखनको संगठित अपराधको सिकार भएका रहेछन् । तिनीहरुको पासपोर्ट र फोनसमेत जफत गरी उनीहरुलाई केन्याको मोम्बासामा बन्दी बनाएर राखिएको थियो ।” 

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले भने आफूहरुले यसबारे बुझ्ने प्रयास गरिरहेको बताएका छन् । उनले भने “यसबारे हामीले बुझ्दैछौ । केन्यामा हाम्रो दूतावास छैन, त्यसैले दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास र केन्याका लागि नेपाली अवैतनिक वाणिज्य दूतमार्फत यसबारे बुझ्ने प्रयास भैरहेको छ ।” केन्यामा नेपालको दूतावास नभएकोले नेपाली चेलीको अवस्थाबारे यसअघि  आफूहरुलाई जानकारी नभएको उनले बताए । 

Global Ime bank

बेचिने चेलीहरु को हुन् र कहाँका हुन् भन्ने जानकारी प्राप्त भएको छैन । त्यस्तै चेलीबेटी बेचबिखनमा संलग्न व्यक्तिहरुको पनि पहिचान खुलेको छैन । भारतीय विदेशमन्त्री स्वराजले यो मुद्दालाई पञ्जाव सरकारमार्फत अगाडि बढाइने बताएकी छन् । नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनाबारे यसबारे प्रष्ट जानकारी आएपछि बेचबिखनमा संलग्न भएका ब्यक्तिबारे खोजी गरिने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २०, २०७४  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC