site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीज : दर र स्वास्थ्य
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपाली महिलाको महान चाड तीजको आफ्नै मौलिकता छ । तीजको चहलपहल बढेसँगै सर्वत्र रातो पहिरनका महिला, गीत, भजन र नाचगान अनि दरका सन्दर्भ सुनिन्छन् । हरितालिका तीजको दिन व्रत बस्ने भन्दै महिलाहरू अगिल्लो रात दर खाने गर्छन् । तर, राति दरस्वरूप खाइने विभिन्न परिकार शरीरका लागि कत्तिको उपयुक्त छ भन्नेमा धेरै महिला सजग भएको भेटिँदैन । 
स्वास्थ्य अवस्था सामान्य नरहेको मानिसले व्रत बस्न रहर गर्नु पनि उचित हुँदैन । तीज आफू भोकै बसी आफ्नो पतिको दीर्घायुको कामना गर्ने दिन भएकाले पहिले नै विचार पुर्‍याउनुपर्ने हुन्छ। सामान्य अवस्थामा भोकै बस्नु ठीकै भएपनि शारीरिक अवस्था ठीक नभएका मानिसका लागि निराहार बस्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । दर खाने दिन अर्थात् तीजको अघिल्लो दिन आवश्यकताभन्दा बढी खाने र भोलिपल्ट हरितालिका तीजको दिन निराहार व्रत बस्नाले शरीरको पाचन प्रक्रियामा नराम्रो असरसमेत पर्न सक्छ ।
पानी पनि नपिई व्रत बसेर नाचगान गर्दा शरीरबाट पसिना निस्कन्छ र पानीको मात्रा कमी भएर 'डिहाइड्रेसन' हुनसक्छ  । फलस्वरूप, कतिपय महिला नाचगान गर्दागर्दै ढल्छन् । त्यसैले तीजका दिन अन्न नखाए पनि फलफूल तथा पानी सेवन गर्नु आवश्यक हुन्छ । 
धेरैजसो नेपालीमा एसिडिटीको समस्या छ । एसिडिटी भनेको पेटमा एसिडको मात्रा बढी भएर पेट पोल्नु र अन्य लक्षण देखिनु हो । एसिडिटीका रोगी भोकै बस्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । त्यसैले यस्ता रोगीले औषधि खाइरहेको अवस्थामा व्रत बस्नुअघि फलफूल तथा चिया खाएरमात्र व्रत बस्नु उत्तम हुन्छ । 
यसैगरी मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा खराब असर पर्छ । मधुमेहका बिरामीले औषधि लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । यस्ता बिरामी व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर कमजोरी हुने, बेहोसै हुने पनि हुनसक्छ । बिरामी अचेत भएर कतिपय अवस्थामा कोमामा समेत जान सक्छन् । कसैलाई त्यस्तो सुगर निकै कम भएर गाह्रो भएको शंका भए तुरुन्त मिठाइ तथा चकलेट वा केही गुलियो खानुपर्छ । यसैगरी उच्च रक्तचाप भएकाहरू पनि पानी नपिई व्रत बस्दा 'डिहाइड्रेसन' हुन्छ । 
यसैगरी रक्तचाप घट्ने एवं मुटुको धड्कन बढ्ने हुन्छ । धेरै महिलालाई व्रत बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । डिहाइड्रेसनका कारण पनि टाउको दुख्छ । त्यसैगरी गर्भवती महिलाले पनि व्रत बस्नु हुँदैन । कतिपय महिला तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्र खान्छन् । भोको पेटमा सुरुमै गह्रौं खाना खानु हुँदैन । त्यसैले कालो चिया वा जुस खाएरमात्र अन्य खानेकुरा खानु उचित हुन्छ । 
शास्त्रमा निराहार व्रत बस्नै पर्ने कुरा कतै उल्लेख गरिएको छैन । त्यसैले फलाहार गरेर तीजको व्रत बस्नु उत्तम हुन्छ । चाडपर्वमा आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दा उल्टै बिरामी परिएला । स्वास्थ्यलाई पनि ध्यान दिएर तीज मनाइयो भने मात्र तीज मनाउनुको आनन्द रहिरहने छ ।
 
डाइटिसियन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७३  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC