site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 
 
नेपाली राष्ट्रिय टोलीले आगामी जुलाई १५ र १७ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएपनि खेल मैदान टुङ्गो लागेको छैन । तर एन्फाका अनुसार मैत्रीपूर्ण खेल बंगलादेश मै हुने बताएको छ ।
 
नेपाली टोलीले आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारी स्वरूप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीलाई फिट र व्यस्त राख्ने एन्फाले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेलाउन लागेको हो । नेपाली टोली पछिल्लो एक महिनाबाट अभ्यास गर्दै आएका छन् ।
एएफसी सोलिडारिटी कप आगामी नोभेम्बर २ देखि १५ सम्म हुने छ । तर, आयोजना हुने स्थानको अहिलेसम्म टुङ्गो लागेको छैन । एसियाका ६ राष्ट्र सम्मिलित एएफसी सोलिडारिती कपमा नेपाल सहित ब्रुनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउनेछ । यसअघि एसियाली फुटबल महासंघले एएफसीले एएफसी च्यालेन्ज कपको सट्टा एएफसी सोलिडारिती कपको आयोजना गर्न लागेको हो । यसअघि नेपालले गत जेठमा लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले मलेसियाको यू – २२ टिमसँग खेलेको थियो । दुवै टोलीसँग नेपालले १ – १ गोलको बराबरी खेलेका थिए ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC