site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
असोजदेखि ग्यास, चामल, चिनीको भाउ घट्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आउन लागेका प्रमुख चाडहरू दसैं, तिहार र छठलाई मध्यनजर गरी सरकारले अत्यावश्यक वस्तुको भाउ घटाउने भएको छ । सरकारले अनुदान दिएर असोज १ गतेदेखि अत्यावश्यक वस्तुको भाउ घटाउन लागेको हो । 
खाना पकाउने ग्यास, चामल, नुन, चिनी, घिउ र पनिरको भाउ केही घट्ने बताइएको छ । संसद्को वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड, नेसनल टेड्रिङ लिमिटेड र नेपाल खाद्य संस्थानले उपलब्ध गराउने वस्तुको मूल्य घटाउन लागेको जानकारी दिए । 
उनका अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ, चिनी प्रतिकिलो, ५ रुपैयाँ, नुन प्रतिप्याकेट २ रुपैयाँ, घिउ प्रतिलिटर १० रुपैयाँ र चामलको भाउ प्रतिकिलो ५ रुपैयाँसम्म घट्नेछ । दसैं र तिहारका लागि लक्षित गरेर साल्ट ट्रडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थाले काठमाडौं उपत्यकाका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने उनले बताए । सुपथ मूल्यका थप पसल सञ्चालन गर्नका लागि तयारी भइरहेको समेत उनले जानकारी दिए । त्यस्तै, खुद्रा व्यवसायी संघले पनि राजधानीमा ५ वटा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । सुपथ मूल्यका पसल असोज १ देखि ५५ दिनसम्म सञ्चालनमा आउनेछन् । त्यस्तै, प्रमखु जिल्ला अधिकारीले अनुरोध गरेमा उपत्यकाबाहिरका जिल्लामा पनि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्ने सचिव सापकोटाले जानकारी दिए । 
दसैं, तिहार र छठका लागि सरकारले ३ हजार टन चिनी मौज्दात राख्ने भएको छ । चिनियाँ बिचौलियाको प्रवेश गर्न नदिन र कालोबजारी रोक्न सरकारले प्रतिव्यक्ति एक पटकमा ५ किलोमात्र चिनी किन्न दिने भएको छ । त्यस्तै, खाद्य संस्थानले पनि दसैंं र तिहारलाई लक्षित गरी १३ हजार ३ सय टन चामल बिक्रीका लागि तयारी गरेको छ । खाद्य संस्थानले दसैंका लागि ३ हजार खसीबोका आपूर्ति गर्ने भएको छ । सरकारले अनुदान दिएमा खसीबोकाको मासुको भाउ पनि घट्नेछ । पनिरको भाउ पनि घटाउन दुग्ध विकास संस्थानलाई सरकारले आग्रह गरेको आपूर्ति सचिव सापकोटाले बताए । “घिउको जस्तै पनिरको पनि भाउ घटाउन संस्थानलाई निर्देशन समेत दिइएको छ,” उनले भने, “संस्थानको सञ्चालक समितिले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।” पनिरको भाउ कति घटाउने भन्ने निर्णय संस्थान व्यवस्थापनको रहेको उनको भनाइ छ । 
अत्यावश्यक वस्तुमा बिचौलियको प्रवेश नहोस् भनेर सरकार आफैंले अनुदान दिएर सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको सचिव सापकोटाले स्पष्ट पारे । त्यस्तै, डिपार्टमेन्टल स्टोर र अन्य खुद्रा विक्रेतालाई मूल्य घटाउन अनुरोधसमेत गरिने उनले जानकारी दिए । “दसैं, तिहार र छठमा दैनिक उपभोग्य वस्तुको अभाव हुन दिनेछैन,” उनले भने, “यसका लागि सरकारले तयारी गरिसकेको छ । यो वर्ष अभाव र मूल्य वृद्धि हुँदैन । सरकारले मूल्य वृद्धि रोक्न र अभाव हुन नदिन अनुगमन संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको सापकोटाले बताए । 
 
११ करोड २२ लाख शोधभर्ना दिन बाँकी 
सुपथ मूल्य पसल सञ्चालन गरेबापत सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ  र नेसनल ट्रेडिङलाई गरी ११ करोड २२ लाख रुपैयाँ शोधभर्ना दिन बाँकी छ । समिति बैठकमा यी संस्थालाई अघिल्लो वर्ष सुपथ मूल्यका पसल सञ्चालन गरेबापतको शोधभर्ना दिन बाँकी रहेको उनले स्पष्ट पारे । यस विषयमा अर्थ मन्त्रालयका अधिकारीसँग छलफल भइसकेको बताउँदै उनले यो मिहिनाभित्र शोधभर्ना पाउने सापकोटाले जानकारी दिए । थप शोधभर्ना उपलब्ध गराए अत्यावश्यक वस्तु अझ सस्तोमा बेच्न सकिने उनको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC