site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय लागुपदार्थ तस्करीमा नेपाली ‘डन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
डिल्ली पाण्डे
काठमाडाैं ।
कुनैबेला केवल भरियाका रुपमा प्रयोग हुने नेपाली साना अपराधी अहिले विश्वस्तरका लागू पदार्थका डन भएको नेपाल प्रहरीले पत्ता लगाएको छ । 
हालै अष्ट्रेलियामा पक्राउ परेका छ जना र नेपालमा पक्राउ परेका चार जना तस्करले उपलब्ध गराएको सूचना र प्रहरीको अनुसन्धानका आधारमा धादिङ सत्यदेवीका धर्म पाख्रीन अहिले थाईल्याण्डमा बसेर अन्तर्राष्ट्रिय लागू पदार्थ कारोबारको ठूलो जालो चलाईरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
“धर्म अन्तर्राष्ट्रिय लागू पदार्थ तस्करीका ठूला बादशाह हुन । हामीसँग भएको सूचना अनुसार उनी थाइल्याण्डमा बसेर विश्वभरी लागू पदार्थ तस्करी गर्छन । अब उनको सो संजाल तोड्ने काममा नेपाल प्रहरीले थाइल्याण्डको प्रहरीसँग सहकार्य शुरु गरिसकेको छ,” लागू पदार्थ नियन्त्रण ब्यूरोका डीआईजी जयबहादुर चन्दले भने । 
सन् १९९९ मा काम गर्ने हेतुले थाइल्याण्ड प्रवेश गरेका धर्म पाख्रीन कामको खोजीमा भौतारिँदा भौतारिँदै लागू पदार्थ ओसार पसारको व्यापारमा होमिन पुगे । त्यो खतरनाक व्यापारमा थोरै समयमै उनले ठूलो पैसा कमाए । विस्तारै भरिया बन्न छाडेर आफंै तस्कर बने । थाइल्याण्डमा आफ्नो कारोबार बढाउन अरुको विश्वास नहुने देखेर उनले तस्करीको काम गर्न नेपालकै आफ्ना नातेदारलाई बोलाएर काममा लगाए । पहिले परिवारका सदस्य, अनि बिस्तारै नातेदारलाई पनि बोलाएर काम दिनथाले । 
नेपाल प्रहरीको लागुपदार्थ ब्युरोका अनुसन्धान अधिकृतकाअनुसार धर्म पहिला एक सामान्य परिवारमा जन्मेका उनी अर्बांैको लागुपदार्थ कारोबार गर्छन् ।
धर्मले पहिले दाजु पूर्णलाई व्यापारमा संलग्न गरे । सुरुमा पूर्णले आर्थिक कारोबार हेर्ने र धर्मले तस्करीको व्यवस्थापन । विस्तारै पूर्ण आफै अम्मली भए । त्यत्रो कारोबार चलाएको थाहा नपाएको थाई प्रहरीले उनी अम्मली भएको भने थाहा पाएर पाँच वर्षअघि नेपाल ‘डिपोर्ट’ गरिदियो । 
डीआईजी चन्दका अनुसार पूर्णले नेपाल आएपछि आफ्ना नातेदार र साथीलाई यो धन्दामा फसाउन थाले । आफ्ना नजिकका मान्छेलाई भरिया बनाएर विभिन्न देशमा पठाउन थाले । 
नेपालका भरियालाई प्रयोग गरेर उता भाइ धर्म भने लागुपदार्थ दुनियाभरी पठाउने पापको काममा लिप्त भए । नेपालको चरेस विश्व बजारमा पठाउने, मान्छेलाई हिंसात्मक बनाउने लागुपदार्थ एम्फेटामाइन पनि बर्मा तथा अन्य देशबाट ल्याएर विश्वभर फैलाउने काम बढाउन थाले । 
नेपाल प्रहरीका अनुसार जति पनि लागुपदार्थ नेपाल र भारतको विमानस्थल हुँदै बाहिर जान्छ त्यसमा धर्मको समूहको कुनै न कुनै संलग्नता हुन्छ । 
को–को छन् धर्मको ग्रुपमा ?
थाइल्यान्डबाट लागुपदार्थको तस्करी गर्ने धर्मले दाजु पूर्ण पाख्रिन, थाइल्याण्डमा बस्ने आफ्नी छोरी, नेपालमा बस्ने बहिनी ज्वाई र नातागोताको सहयोगमा तस्करी गर्दै आएको ब्युरोको अनुसन्धानबाट खुलेको छ । 
उनीहरुको समूहमा संलग्न धादिङसत्यदेवी ८ का नेत्र गुरुङ्ग, चित्र तामाङ्ग, बारा डुमरवना ७ का साइमान तामाङ, नुवाकोट बुमङताङका ४ का धनबहादुर तामाङ, थाइल्यान्डबाट पक्राउ परेका बुद्धिबहादुर तामाङ छन् । त्यस्तै अष्ट्रेलियाबाट पक्राउ परेका मनिष श्रेष्ठ, बिक्रम लामिछाने, सीता भण्डारी, दिनेश कठायत, अनिल सिम्खडा, र रिता पन्त पक्राउ पनि समूहसँग सम्बद्ध देखिएका छन् । 
कस्को जिम्मेवारी के ? 
ब्यूरोका अनुसार पूर्ण पाख्रिनको काम धादिङ र मकवानपुरमा बसी नयाँ सदस्य बनाउने, चरेशको खेती र ब्यवस्थापन गर्ने हो । त्यस्तै नेत्र गुरुङको काम थाइल्यान्डबाट फिलिपिन्स, म्यान्मार हुंदै फिलिपिन्स, इन्डोनेसिया, अष्ट्रेलिया  लगायतका मुलुकहरूमा अवैध लागुऔषध एम्फेटामाइन तस्करी गर्ने हो । 
त्यस्तै साइमान तामाङ, र धनबहादुर तामाङको काम नेपालबाट चरेश भारत हँुदै थाइल्यान्ड पु¥याउने र थाइल्यान्डबाट फर्कदा एम्फेटामाइन बोकेर नेपाल हुँदै फेरी युरोप लैजाने हो । ब्यूरोका अनुसार साईमनले १९ पटक भारत, थाईल्याण्ड र हल्याण्डसम्म चरेस पु¥याएका थिए । 
त्यस्तै गएको बिहीबार थाइल्यान्डबाट पक्राउ परेका बुद्धिबहादुर तामाङको काम नेपालबाट थाईल्याण्ड पुगेको चरेश र बर्माबाट थाइल्यान्ड पुगेको लागुऔषध स्टोर गरी राख्ने काम हो । 
गएको बिहीबार धर्मका २ जना बर्मेली भरीयालाई पनि थाई प्रहरीले एम्फेटामाइन सहित पक्राउ गरेको थियो । 
अष्ट्रेलियामा पक्राउ परेका ६ जनाको काम चीनको ग्वांन्जाऊबाट अष्ट्रेलिया पुगेको एम्फेटामाइनको ब्यवस्थापन र विक्रि वितरण गर्ने हो । 
ब्यूरोका डिएसपी अपिल बाहोराले बाह्रखरीसँग कुरा गर्दै भने, “धर्म र उनका दाई पूर्ण पाख्रीनको नेपालमा भएको जालो तोडिएको छ, अब थाइल्यान्डको पालो आएको छ, त्यो पनि छिट्टै हुन्छ ।” 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC