site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिरो खस्दा तीनको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
गोरखा। उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ । 
 
फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप सन्देश घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया गुरुङको पहिरामा पुरिँदा मृत्यु भएको हो । आज बिहान ११ बजे झरेको पहिरामा परी केरौंजा–४ का ४० वर्षीय टुङ्गे गुरुङ, कृष्ण उकाल गुरुङ र सुकराम घले घाइते भएका छन् । उनीहरुमध्ये घलेको अवस्था गम्भीर रहेको स्थानीयवासी दीपक गुरुङले बताए। 
 
घाइतेको टाउको, हातगोडालगायत अङ्गमा चोट लागेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेलाई उपचार गर्न माछाखोलास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । पहिरोमा ज्यान गुमाएकाहरुको शव पहिरो बाहिर निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर माछाखोलातर्फ पठाइएको प्रजिअ नारायणप्रसाद भट्टले बताए । 
 
घाइतेलाई उपचारका लागि काठमाडौँ लगिने उनको भनाइ छ । अविरल वर्षाका कारण केरौंजाको चारैतिर पहिरो झरेको छ । पहिराले अवरुद्ध बाटो मर्मतका लागि जाने क्रममा स्थानीयवासी पहिरामा परेको बताइएको छ । केरौंजामा सडकको पहुँच छैन । बाटो खन्नका लागि जाँदै गरेका अन्य ३० जनाभन्दा बढी गाउँले सुरक्षित छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएकाहरुको उद्धार गरिएको हो । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC