site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिग्रिएको संस्कार र देश विकास
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
समय परिवर्तनशील हुन्छ । समयसँगै अरू पनि परिवर्तन हुँदै जानु स्वाभाविक प्राकृतिक नियम नै हो । त्यसैले समयसँग बदलिन नसक्ने बिस्तारै समाप्त हुँदैगइरहेका हुन्छन् ।
नेपाली समाजमा विभिन्न समयमा विभिन्न विचार प्रकट भए । कैयौं राजनीतिक दल विभिन्न रूपमा उदाए र अस्ताए । समयअनुरूप गतिशील बनेका विचार साझा विचार भए । समाजमा तिनै विचार स्थापित पनि भए । तर, समयानुकूल गतिशील बन्न नसकेका विचार विस्थापित पनि भए, हुँदै  जानेछन् । यो विज्ञानको नियम पनि हो र राजनीतिक नियम पनि हो ।
नेपालमा विभिन्न समयमा शासन व्यवस्था बदल्न राजनीतिकहरू आन्दोलन भए । व्यवस्था फेरिए पनि । समयको माग थियो परिवर्तन । परिवर्तन गतिशील प्रक्रिया हो । अर्कातिर, आज पनि नेपाल  गरिब मुलुक हो । यसैले संसारका अन्य धनी राष्ट्रजस्तै नेपाल पनि बन्नुपर्छ भन्ने धारणा सम्पूर्ण नेपालीको साझा हो भन्दा फरक नपर्ला । किनभने आजको समयको माग पनि यही हो ।
संसारका विकसित राष्ट्रका मानिसले उपभोग गरिरहेका भौतिक वस्तु नेपालजस्ता गरिब मुलुकका जनताले उपभोग गर्न पाउनुपर्छ भन्ने साझा विचार हो । सुख, उन्नति खोज्नु मानवीय स्वभाव पनि हो । त्यसैले आज नेपालमा उदाएका स्थापित राजनीतिक दलको मुख्य एजेन्डा आर्थिक विकास नै हुन जरुरत छ । यो आजको साझा माग हो । यो समय अनुकूल पनि छ । त्यसैले आर्थिक विकासका विषयलाई नेपाली राजनीतिक दलहरूले मुख्य एजेन्डाको रूपमा लानुको विकल्प देखिँदैन ।
 
देश विकसित हुन शासन व्यवस्था मजबुत हुनुपर्छ तर त्यस्तो व्यवस्था कार्यन्वयन गर्न निकै कठिन हुन्छ । झन् हाम्रोजस्तो बिग्रिएको राजनीतिक संस्कार र मानसिकता भएको समाजमा  मुलुकलाई विकसित बनाउन चाहने हो भने सबैभन्दा पहिले संस्कार परिवर्तन गरी मानसिकरूपमा तयार हुनु जरुरी हुन्छ । 
नेपाली स्थापित राजनीतिक दलहरूका अधिकांश एजेन्डा समयअनुसार सही नै देखिन्छन । त्यसैले न आजसम्म तिनको अस्तित्व छ नेपाली समाजमा । तर, आर्थिक विकासका लागि भने यिनै राजनीतिक दल र तिनका नेताको आचरण नफेरिने हो भने गम्भीर समस्या उत्पन्न हुन सक्छ ।   आज पनि नेता बन्न अपनाइने विधि र नेताको संस्कार हिजोको ध्वसात्मक राजनीतिका बेलाको जस्तै छ । त्यसैले कुन कुरा वा काम गर्ने वा नगर्ने भन्ने विचार पुग्ने गरेको देखिँदैन । यो आर्थिक विकासविरुद्ध छ । यस्तो संस्कार त्यागेर रचनात्मक कार्य गर्ने हो भने मुलुक विकासको दिशातर्फ जान कसैले रोक्न सकोइन । त्यसैले अब नेता बन्नकै लागि  राजनीतिक गर्नेभन्दा पनि सेवा गर्न, विकास गर्न राजनीति गर्नु जरुरी छ । किनभने आर्थिक विकास आजको साझा विचार हो । यसलाई सार्थक बनाउन सबै प्रकारको सामन्ती प्रथा अन्त्य हुनुपर्छ । आशीर्वाद मागेर नेता बन्ने अभ्यास छाडेर कामै गरेर नेता बन्ने र कामकै आधारमा नेता छान्ने संस्कार बसाल्नु जरुरी छ । त्यसैले अब सुरुकै दिनहरूमा गाउँ पालिका, नगरपालिका, जिल्ला, प्रदेशलगायतको सम्पूर्ण संरचनाका सम्पूर्ण नेता कार्यकर्तालाई धम्की पत्र दिएर रकम असुल्नेभन्दा श्रम गरेर आर्थिक स्रोत जुटाउने र संगठन संचालन गर्ने संस्कार राजनीतिक नेताले बनाउन जरुरी  छ  । नेपाली समाजमा राजनीतिक सस्कार बिग्रिएकै कारण भ्रष्टाचार, कालाबजारी महँगी बढेको हो । 
त्यसैले अब यस्ता विकृति हटाउँदै लाने हो भने कुनै नेता, व्यापारी, कर्मचारीआदि नागरिक भ्रस्ट भनी कलंकित हुनुपर्ने थिएन । त्यसैले अब व्यक्तिगत, पार्टीगत, गुटगत स्वार्थ त्यागी देश विकास गर्न सच्चा नेता र कार्यकर्ता बन्ने स्कुल स्थापना हुनु जरुरी छ ।
हिजो नेपालका जनता काम गर्थे अनि राजामहाराजा बसेर खान्थे । तर आज जनताले नै आफ्नो नेतृत्व गर्ने अवस्थामा काम गर्ने जनतामध्ये जसले बढी काम गर्छ उसैलाई नेतृत्व गर्न दिनु आजको आवश्यकता हो ।
गफ गरेर हैन कामै गरेर नेता बन्ने संस्कार बसाल्नु आजको आवश्यकता हो र काम गर्ने नेता छान्नु जनताको दायित्व हो । देश विकासको लागि  काम गर्ने नेतृत्व अपरिहार्य छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७३  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC