site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । 

यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा कमी आएको देखिएको चिनियाँ अधिकारीले जनाएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको वातावरण मन्त्रालयले यही अनुपातमा आगामी केही महिनासम्म यो अवस्था कायम रह्यो भने यसबाट चीन सरकारले लिएको वायु प्रदूषण नियन्त्रणसम्बन्धी लक्ष्य हासिल गर्ने काममा पनि सफलता मिल्न सक्ने देखिएको जनाएको छ । 

यसरी हेर्दा गएको वर्षको तुलनामा यसवर्ष बेइजिङको वायुमा पाइने धुलोको कणको मापनमा प्रदूषण घटेको देखिएको सो मन्त्रालयले जनाएको छ । गत वर्षको मार्च महिनादेखि नोभेम्बर सम्मको शीतकालीन समयको तुलनामा यस वर्षको कमी हो । राजधानी सहर बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

Global Ime bank

सो अवधिमा गतवर्षको तुलनामा यसवर्ष कम्तीमा पनि २७ प्रतिशतले कमी भएको पनि वातावरण मन्त्रालयले जानकारी दिएको बताइएको छ । 

चीनको विशेषगरी बेइजिङ सहरमा अन्य समयको तुलनामा शीतकालिन महिनामा वायु प्रदूषण अत्यधिक हुने गर्दछ । गत वर्ष पनि यो सहरमा वायु प्रदूषण नराम्ररी बढेपछि यसको नियन्त्रणका अनेक उपायको खोजी गरेको जनाएको थियो । 

चीन सरकारले गत वर्षदेखि नै वायु प्रदूषणको समस्या ठूलो रहेको राजधानी बेइजिङ र अन्य सहरमा पनि प्रायगरी यसको कारक मानिने कलकारखाना बन्द गर्ने र कतिपय सहरमा कोइलाको प्रयोगको विकल्प पनि खोज्न निर्देशन गरेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC