site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इलाम । खोल्सीको सुन भनेर चिनिने अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ । कृषकलाई अलैँची खेतीको गुणस्तर र उत्पादनमा वृद्धि गराउने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा अलैँची कृषक पाठशाला सञ्चालन गरिएको हो । 

हाँगेथाम ढाप कृषि कृषक समूहले उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा अलैँची कृषक पाठशाला सञ्चालन गरेको अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिए । सो पाठशालामा व्यावसायिक रुपमा अलैँची खेतीमा लागेका यस क्षेत्रका ४५ अलैँची कृषक समेटिएका छन् ।

पाठशालाबाट अलैँची खेतीको उत्पादन कसरी बढाउने, यसको गणुस्तरमा कसरी सुधार ल्याउने तथा विभिन्न किसिमका रोग लागेको खण्डमा रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयमा जानकारी गराउन सहज हुने देउमाई नगरपालिकाका नगर कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC