site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुम्बिनी विकास कोषको उपाध्यक्षमा त्रिपाठीलाई नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ । 

रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका बस्नेतले जानकारी दिए ।

Global Ime bank

मन्त्रिपरिषद्को बैठकले नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ । 

सरकारले नेपाल चेम्बर अफ कमर्शको छैटौँ विधान स्वीकृत गर्नुका साथै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्यावधि थप गर्ने निर्णय भएको छ । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय भएको छ”– प्रवक्ता बस्नेतले भने।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC