site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन (रासस) । काठमाडौँबाट अर्घाखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङटारमा आज बिहान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेको प्रहरीको अनुमान छ । 
सात जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

उपचारका लागि काठमाडौँको बिएण्डबी अस्पताल पु¥याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । 

थापाका अनुसार लु२ख २९१ नंको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र ११ जनालाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– १ बस्ने ३४ वर्षीय सूर्य भट्टराई, अर्घाखाँची जिल्ला बुद्धिभूमि नगरपालिकाका ३२ वर्षीय कमल सुनार, अर्घाखाँची जिल्ला सन्धिखर्क–१ बस्ने ३५ वर्षीया तिलसा घर्तीमगर, अर्घाखाँची जिल्ला सिद्धिगंगा– ३ बस्ने २८ वर्षीय पदम रायमाझी र बाणगंगा–९, कपिलवस्तुका १८ वर्षीया सविना थारुको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । 

Global Ime bank

यसैगरी, अर्घाखाँची जिल्लाका ३४ वर्षीय ध्रुव दमासे, १५ वर्षीया निशा थापा, २४ वर्षीय पवन महत, ४० वर्षीय दधिराम गैरे, सरिता न्यौपाने, रामबहादुर विक र केशरमणि न्यौपानेको बिएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीका अनुसार बसका सहयोगी चालक प्यूठान बागेमोड– २ का १९ वर्षीय सुनील क्षेत्री, अर्घाखाँची जिल्ला भूमिकास्थान– ४ की २१ वर्षीया इन्दिरा दमासे, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका ३० वर्षीय गोविन्दबहादुर सुनारको भरतपुर शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । 

त्यसैगरी, बसका चालक कपिलवस्तु भृकुटी नगरपालिका– ९ का ४० वर्षीय थमबहादुर क्षेत्री, अर्घाखाँची नुवाकोट– ७ बस्ने २१ वर्षीय राजेन्द्र रायमाझी, बाँके जिल्ला कोहलपुर– ३ बस्ने ४० वर्षीया उमा पोखरेल, अर्घाखाँची जिल्ला भूमिस्थान– ४ का सन्दीप दमासे, अर्घाखाँची जिल्ला खनदह– ४ का ४२ वर्षीय माधव खनाल र छ महिनाका एक बच्चाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार सामान्य घुमाउरो सडकमा ट्रकमा बस ठोक्किएर अनियन्त्रित भई नदीमा खसेको हो । बस त्रिशूली नदीमा पूरै डुबेको छ । बस नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

बस नदीबाट निकाल्ने प्रयास थालिएको छ । काठमाडौँबाट क्रेन मगाइएको भए पनि आज साँझ करिब ५ बजे मात्रै क्रेन आइपुगेकाले भोलि बिहानदेखि बस निकाल्ने काम शुरु हुने प्रहरीले जनाएको छ । 

दुर्घटनास्थल मुग्लिनबाट करिब १६ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९:१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५:४० बजे हिँडेको हो । बसका सहयोगी चालक सुनील क्षेत्रीका अनुसार बसले काठमाडौँको काउन्टरबाट २६ जना यात्रुको चलानी लिएको थियो भने र कलंकीमा चार जना चढेका थिए । 
चालक र सहयोगी चालक गरी बसमा ३२ जना सवार रहेको क्षेत्रीको भनाइ छ । थप तीन जना बेपत्ता भएको आशंकामा प्रहरीले नदीमा खोजी कार्यलाई जारी राखेको छ । 
उद्धारपछि उपचारका लागि भरतपुरतर्फ पठाइएका तीन जना घाइतेका आफन्तले बीचबाटोबाटै फर्काएर काठमाडौँ उपचार गर्न लगेपछि सञ्चारमाध्यममा घाइतेको संख्या फरकफरक आएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC