site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन (रासस) । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज  बिहान ९:१५ बजे  दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।

घाइतेको संख्या २१ पुगेको छ ।  प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । 

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मिटर तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँतर्फ पर्छ । 

Global Ime bank

सो बस काठमाडौँबाट बिहान ५:४० बजे हिँडेको प्रहरीले जनाएको छ । 

सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो ।  त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC