site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ताप्लेजुङ (रासस)।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।

निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निलम्बित हुने उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ ताप्लेजुङ सदरमुकामस्थित भानु मावि अम्बिटार मतदान केन्द्रमा खटिएका थिए । सोही केन्द्रमा मंसिर ९ गते मतदानस्थलको तयारी हुँदै गर्दा बम विस्फोट भएको थियो ।

विस्फोट भएको अघिल्लो दिन नै विस्फोटक पदार्थ राखिएको तर सुरक्षार्थ खटिएका प्रहरीलाई यस बारेमा थाहा नहुनु हेलचेक्य्राइँ अर्थात विभागको नीति निर्देशन विपरित काम भएको प्रष्ट भएकाले निलम्बित गर्नु परेको बताइएको छ । 
सुरक्षा संवेदनशीलतालाई ध्यान नदिएकाले निर्वाचन विरोधी समूहले विस्फोटक पदार्थ राखेको प्रहरीको ठहर छ ।

Global Ime bank

उच्च हिमाली क्षेत्रमा हिमपात
उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । सोमबार राति सामान्य वर्षासँगै हिमपात भएपछि चिसो बढेका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।
हिमपातपछि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेप, याङ्मा, घुन्सा, ग्याब्ला, तोक्पेगोला, फलेसहितका माथिल्लो भेगमा निकै चिसो बढेको छ । चिसो बढेसँगै त्यस क्षेत्रका र आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बढी प्रभावित छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC