site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोट, सात घाइते
Sarbottam CementSarbottam Cement

दाङ (रासस) । नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी बम विष्फोट गराइएको छ । 

काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिए ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ०४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC