site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाबाट अलग्गिएर छुट्टै दल बनेको राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्ने क्रममा ६४ जनाको हस्ताक्षर किर्ते गरेको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइको निम्ति पेस गर्न भन्दै आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले अदालतले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराको नाममा उक्त आदेश दिएको हो । 
४० प्रतिशत केन्द्रीय सदस्यको नामावलीको आधारमा छुट्टै दल दर्ता गर्न माग गर्दै पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले सर्वोच्चमा रिट दर्ता गराएको थियो । राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । ७२ जनाको नाम र ६४ जनाको हस्ताक्षरसहित राणा पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै भदौ ४ गतेको अवधि दिएको थियो । आयोगको सोही निर्णयविरुद्ध राणा सर्वोच्च पुगेका थिए । 
गत साउन २४ गते निरञ्जन थापा, भिमसेन गुरुङलगायतले दल विभाजनमा आफूहरुको संलग्नता नभएको र अरु नै प्रयोजनको लागि गरिएको हस्ताक्षर किर्ते गरेको भन्दैे निवेदन हालेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC