site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विशेष अदालतद्वारा चूडामणि शर्मालाई एक करोड धरौटीसहित थुनछेक आदेश
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालत काठमाडौंले मंगलबार एक करोड धरौटी रकम माग गर्दै थुनछेकको आदेश जारी गरेको छ ।

न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले सो आदेश दिएको हो ।

Agni Group

माग बमोजिमको धरौटी रकम नदिए शर्मालाई थुनामा राखेर अदालती प्रकृया अगाडि बढ्ने विशेषका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । शर्माले धरौटी रकम तिरेको खण्डमा भने उनी  तारेखमा छुट्नेछन् । 

यसअघि अनियमित रुपले कर मिनाहा गरेको आरोप लागेका कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई समेत विशेष अदालतले एक एक करोड धरौटी रकम सहित थुनछेकको आदेश दिइसकेको छ । अख्तियारले गत साउनमा आयोगका तीनैजना पदाधिकारीविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको थियो ।

Global Ime bank

यसैबीच शर्मा विशेष अदालतले माग गरेको एक करोड धरौटी रकम जम्मा गरेर तारेखमा छुटेका छन् । विशेषका अनुसार उनी इन्भेस्टमेन्ट बैंकबाट रकम ग्यारेन्टी राखेर छुटेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC