site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
खोटाङ । पूर्वसभासद् अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति खोटाङका नौ राजनीतिक दलले भत्र्सना गरेका छन् । जिल्लाको बुइपा जाने क्रममा हुर्लुङमा बास बस्नुभएका राईमाथि शनिबार राति नुनथला– ८ का २२ वर्षीय तेन्जिङ शेर्पा र उदयपुर कटारी –८ का २४ वर्षीय रमेश अछामी लगायत १२÷१५ जनाको समूहले निर्घात कुटपिट गरेको भन्दै दलले निन्दा गरेका हुन् । 
 
राईमाथि कुटपिट भएको घटनालाई लिएर सोमबार प्रजिअ चन्द्रबहादुर कार्कीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै दलहरुले दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् । घटनास्थलबाट ज्यान जोगाउन भाग्दा समेत लखेटी लखेटी मकैबारीमा पु¥याएर कुटपिट गर्नाले ज्यानै मार्ने उद्देश्यले पूर्व सभासद्माथि आक्रमण भएको राजनीतिक दलले जिकिर गरेका छन् ।
 
कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरा लगायतमा गहिरो चोट लाग्नाका साथै शरीर र टाउको लगायत विभिन्न ठाउँमा नीलडाम लागेको छ । अस्पतालले घाइते राईको टाउको, नाक र च्यापुको सिटिस्क्यान गर्नुपर्ने बताएको छ । 
 
राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले घटनाको विषयमा जानकारी पाएलगत्तै नुनथला प्रहरीचौकीलाई खबर गरेपछि प्रहरीले पूर्व सभासद् राईलाई मरणासन्न अवस्थामा उद्धार गरेको थियो । कुटपिटका क्रममा ज्यान जोगाउन ‘मरेको अभिनय’ गरेपछि मात्र उनीहरुले छाडेको राईले बताए । 
 
मेवा खोला जलविद्युत् आयोजनाको फलामे खम्बा ढुवानीका लागि बुइपा जाने क्रममा राईमाथि आक्रमण भएको थियो । घटनालगत्तै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गराइएका राईलाई थप उपचारका लागि सोमबार हेलिकप्टर मार्फत काठमाडौँं पठाइएको छ । 
 
कुटपिटमा संलग्न शेर्पा र अछामीलाई खबर पाएलगत्तै पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC