site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कैलालीको बडैपुरस्थित सेनाको ब्यारेक नजिकै ‘शंकास्पद बस्तु’ फेला 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले राजमार्गमा शंकास्पद बस्तु राखेर यात्रुहरुमा त्रास सिर्जना गरिरहेको छ । उक्त समूहले पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडकखण्डमा शंकास्पद वस्तु राखेर एक घण्टा यातायात सेवा बन्द गरेको छ । 

निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले बडैपुरस्थित नेपाली सेनाको ब्यारेक नजिकै राजमार्गको बीच भागमा कालो झोला राखेर स्थानीयलाई त्रसित बनाउन खोजेको छ । राजमार्गको बीच भागमा शंकास्पद बस्तु भेटिएपछि प्रहरीले बिहान साढे १० वजेबाट एक घण्टा यातायातका साधनहरु रोकेको थियो । शंकास्पद बस्तु फेला परेको स्थान र सेनाको ब्यारेक प्रवेश गर्ने मुख्यद्वार बीचको दूरी झण्डै एक सय मिटर मात्रै रहेको छ । 

बम भएको आशंकामा घट्नास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्कृय गर्दा बम नभएको पुष्टि भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘‘बाटोमा शंकास्पद बस्तु देखेपछि बम भएको आशंकामा प्रहरीले यात्रु र सवारी साधनहरुलाई एक घण्टा रोकाएको थियो’’, टीकापुर जाँदै गरेका धनगढीका व्यवसायी डिल्लीराज अवस्थीले बाह्रखरीलाई फोनमा भने, ‘‘सेनाको टोलीले डिस्पोज गर्दा झोलामा बिष्फोटक पदार्थ भेटिएन ।’’ उनका अनुसार अहिले उक्त सडकखण्डमा यातायात सुचारु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC