site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राजविराज, रासस । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले फेला पारी निष्क्रिय पारेको छ । 
प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो । 

पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी उपरीक्षक सिंहले बताए । 
उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसर कुकरमा बम राखिएकोे प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटन गराउने योजना रहेको हुनसक्ने प्रहरीको आशंका छ । 
पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC