site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गाईघाट, रासस ।  त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ । 

बम विष्फोटबाट उम्मेदवार कार्कीको गोठमा रहेको एउटा भैँसी र एउटा गाई घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न हालसम्म सातजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध छजना तथा एकजना माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विष्णु कटुवाल, कमलामाया तामाङ, उध्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका रहेका छन् । यस्तै माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राईलाई समेत पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टले बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC