देश
काठमाडौं । वाम गठबन्धनका उमेदवार लालबाबु पण्डितलाई लक्षित गरेर बम विस्फोटन गराइएको छ । मंगलवार विहान पण्डिततलाई लक्षित गरी सुतली बम विष्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।
बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा रहेको बाटोको छेउमा मंगलबार बिहान सुतली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गाडीमा आएको एक युवकले बम फालेर भागेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४ ११:३३
प्रतिक्रिया दिनुहोस्