site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार सिरहामा ड्युटीमा रहेका रहेका प्रहरीमाथि गोली प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिव रोय, मनोज रोय र सुरेन्द्र रोय रहेका छन् । उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई काठमाडौं ल्याएर प्रहरी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार बिहान घाइते प्रहरीको अवस्था बुझ्न प्रहरी महानिरीक्षक प्रकाश अर्याल प्रहरी अस्पताल पुगेका थिए । नियमित चेकिङमा रहेका प्रहरीमाथि गोली प्रहार गरी भाग्दै गरेका तीनैजनालाई प्रहरीले आइतबार राति नै पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । 

मोटरसाइकलमा पेस्तोल बोकेको अवस्थामा सडकमा चेकजाँच देखेपछि शिव र मनोजले प्रहरीमाथि गोली प्रहार गरेका थिए । उनीहरुको गोलीबाट प्रहरी ढलेपछि आफूले प्रयोग गरेको मोटरसाइकल त्यही छाडी अर्को मोटरसाइकल मगाएर फरार भएका थिए । मोटरसाइकल ल्याएर भगाउने सुरेन्द्र राय पनि पक्राउ परेका छन् । 

Global Ime bank

कुनै आपराधिक घटना गराउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको र प्रहरी देखेपछि पक्राउ पर्ने डरले प्रहरीकै हत्या गरी भाग्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनालाई भूमिगत समूह र जेलमा रहेका पूर्वसांसद सञ्जय साहसँग जोडेर अनुसन्धान अघि बढाएको छ । 

केही दिन अघिमात्र सञ्जयलाई काठमाडौंबाट सिरहाको जेल सरुवा गराएर लगिएको छ । घटनामा प्रयोग भएको पेस्तोल अत्याधुनिक भएको र द्वन्द्वकालमा प्रहरीबाट लुटिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

पक्राउ परेका तीनैजनाले आफूहरुले सिरहामा रहेको कुनै बैंक लुट्ने योजनाका साथ हतियारको व्यवस्था गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरुले त्यो हतियार एक पूर्व माओवादीसँग किनेको समेत बयान दिएको प्रहरी स्रोतले जानकारी दियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC